*****
जाजरकोटको बारेकोट गाउँपालिका–१ धौलाकोटकी २० वर्षीया सेतु विकले गत वैशाखमा २४ महिनाको बच्चालाई ख्याउटेपन बढ्दै गएपछि नजिकैको प्राथामिक स्वास्थ्य केन्द्रमा पुर्याइन् । शिशुमा कडा खालको कुपोषण देखिएको भन्दै स्वास्थ्यकर्मीको सल्लाहअनुसार उनले स्वास्थ्य केन्द्रमा उपचारमा राखिन् । अस्पतालमा राखेको १ सातामै बच्चाको ज्यान गयो ।
*****
काठमाडौं महानगरपालिकाभित्रका सडक आसपासका अव्यवस्थित र (केवल) हटाइँदैछ । महानगरका कर्मचारीले बुधबार पुतलीसडक क्षेत्रमा बिजुलीको खम्बामा लत्रिएका र सडकमा छरपस्ट तार हटाएका हुन् । अव्यस्थित विद्युतीय तारका कारण विभिन्न ठाउँमा बेला-बेलामा आगलागीका घटनासमेत हुने गरेको छ भने बटुवा र यातायातका साधन गुड्नलाई समस्या हुने गरेको छ । त्यस्ता तारका कारण सहरलाई कुरुप बनाएको छ । महानगरले सहरलाई व्यवस्थित गर्न भन्दै फुटपाथ पसल पनि हटाइरहेको छ ।
जनार्दन शर्माको प्रश्न- म के कारण अनैतिक ?
*****
अर्थमन्त्री पदबाट राजीनामा दिनुअघि प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जनार्दन शर्माले आफू के कारणले अनैतिक भएको भन्दै प्रश्न उठाउनेहरुप्रति प्रतिप्रश्न गरे । विगत भन्दा निकै मलिन अनुहार बनाएर रोष्ट्रममा चढेका शर्माले केहीबेर चर्को स्वरमा आफू चोखो रहेको देखाउने कोसिस गरे । उनले विगतका सरकारले गरेका कामहरुमाथि प्रश्न उठाउँदै अहिले आफूले गरेका काम जायज भएको भन्दै चोखिने प्रयास गरे ।
*****
एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा परेका छन् । मंगलबारदेखि जोन्सनका मन्त्री तथा सहयोगी २७ सदस्यले राजीनामा दिइसकेका छन् । मंगलबार वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले आधा घण्टा अन्तरमा पद छाडेको घोषणा गरेसँगै राजीनामा दिनेहरूको लहर नै चलेको छ ।
*****
'हामीकहाँ पुरी-तरकारी पाउँदैन ?' रेस्टुरेन्ट छिर्ने बित्तिकै दीपक रौनियार र आशा मगराती नमिठो वचनसँग ठोक्किए । 'तपाइँ इन्डियन होइन ?' फिल्मका लागि क्रु खोज्ने क्रममा धेरैपटक दीपकले यस्तो प्रश्नको सामना गरेका छन् । पहिलोपटक बोल्ने धेरैले सुरुमा दीपकसँग हिन्दी भाषामै बोलिदिन्छन् ।
सरकारले थप २३ जिल्लाका दुई लाख २३ हजार ३३० परिवारलाई गरिब सूचीमा राखेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लाका २ लाख २३ हजार ३३० परिवारलाई गरिब परिवारको सूचीमा सूचीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आन्तरिक हवाई भाडा बढेको छ । यसअघि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएअनुसार फ्युल सरचार्ज बढेको हो । निगमले सोमबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १८५ रुपैयाँबाट बढाएर १९० रुपैयाँ पुऱ्याएको थियो । यसले उडानकाे अधिकतम भाडा बढ्न गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुनेगरी फ्यूल सरचार्ज अनुमोदन गरी पठाएको छ ।
दुई वटा बजेट निर्माण गर्दा बिचौलिया र निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी नीति अघि सारेका अर्थमन्त्री जनार्दन शर्माले नागरिकहरूले पाउनुपर्ने सुविधाको बजेट भने रोकिदिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ ।