शिक्षा

प्रत्येक पालिकामा प्राविधिक धारका दुई विद्यालय सञ्चालन गर्ने एमालेको घोषणा

नेकपा एमालेले सबै स्थानीय तहहरूमा कम्तीमा दुईवटा प्राविधिक धारका विद्यालय संचालन गर्ने घोषणा गरेको छ । मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा नीति कार्यान्वयन गरिने एमालेले प्रतिबद्धता जनाएको हो ।

कार्तिक ६, २०७९

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा छैनन् महिला

चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा एक जना पनि महिला चयन भएका छैनन् । चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा २५ वर्षपछि पहिलोपटक महिलाहरू पोलिटब्युरोमा नछानिएका हुन् ।

कार्तिक २, २०७९

युनिग्लोब कलेजलाई उत्कृष्ट बिजनेस स्कुल अवार्ड

युनिग्लोब कलेजले यस वर्षको 'उत्कृष्ट बिजनेस स्कुल अवार्ड–२०२२' पाएको छ । कलेज रिडर्सले दुबईमा आयोजना गरेको कार्यक्रममा कलेजलाई उक्त अवार्ड दिइएको हो । 

भाद्र २६, २०७९

उच्च शिक्षाको उडान

उच्च शिक्षाको इतिहास नेपालमा करिब सय वर्ष पुरानो मात्रै छ । वि.सं. १९७५ मा त्रिचन्द्र क्याम्पस स्थापनासँगै मुलुक उच्च शिक्षातर्फ लम्किएको हो । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय खुलेयता १२ वटा विश्वविद्यालय सञ्चालनमा आइसकेका छन् । केही थपिने क्रममा छन् भने प्रादेशिक विश्वविद्यालय स्थापनाको लहर नै चलेको छ ।

नयाँ विषयमा विद्यार्थीको चासो

उच्च शिक्षा प्रवेशको संघारमा रहेका विद्यार्थीसामु विषय छनोट निकै चुनौतीपूर्ण हुन्छ । विषय छनोट गर्दा उनीहरूलाई मुख्य चासो नयाँ र अध्ययन पूरा गरेपछि त्यसले अवसरको ढोका खोलोस् भन्ने हुन्छ । उक्त चासो सम्बोधन गर्न विद्यार्थी र अभिभावकले कलेज र विश्वविद्यालय तथा त्यहाँ पढाइने विषय र पाठ्यक्रमबारे बुझ्न लामो समय लगाउँछन् ।

पाहुनाका लागि पढाइ

सरकारले पाँच दशकअघि काठमाडौंको रवि भवनमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) स्थापना गर्दैगर्दा आतिथ्य सत्कार (पर्यटन र सेवा) सम्बन्धी उद्योगहरू सीमित थिए । जसमध्ये सबैजसो उद्योग काठमाडौं केन्द्रित थिए । नेपाल आएका विशिष्ट श्रेणीका पाहुना वा पर्यटकले राजधानीबाहिर जानैपर्ने भए सेना वा प्रहरीका ब्यारेक, प्रशासक वा अञ्चलाधीश कार्यालय मातहत रहने सरकारी गेस्ट हाउसमा बास बस्नुको विकल्प थिएन । जहाँ खाने, बस्ने सुविधा पाउनु पनि ठूलै विषय हुन्थ्यो ।

आईटीको व्यापकता

धरानकी विनिता कुसुम धमला ललितपुरस्थित पुल्चोक क्याम्पसमा मास्टर्स इन इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्दै छिन् । नेपाल रिसर्च एन्ड एडुकेसन नेटवर्कमा नेटवर्क इन्जिनियरका रूपमा काम गरिरहेकी उनी सूचना प्रविधिको क्षेत्रमा धेरै सम्भावना रहेको बताउँछिन् । ‘कम्प्युटर, कम्युनिकेसन वा इलेक्ट्रोनिक्ससम्बन्धी रुचि छ भने आईटी पढ्दा हुन्छ,’ उनले भनिन्, ‘काम पाउन, व्यस्त रहन गाह्रो हुँदैन । आफू अपडेटेड भने रहनुपर्छ, अनेक अवसर पाइन्छन् ।’

बहुआयामिक बन्न बीबीए

व्यवसायका बारेमा बुझ्न मात्र होइन, उद्यमी बन्न वा राम्रो जागिर प्राप्त गर्न पनि ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) उपयुक्त विषय हो । व्यवस्थापन विषय (खासगरी बीबीए) रोजेर स्नातक तहको अध्ययन गर्ने सोच बनाउनुभएको छ भने तपाईंको निर्णय सही छ ।

श्रावण १७, २०७९

के पढ्ने, कहाँ पढ्ने ?

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा कक्षा ११ मा पढ्ने विषय र विद्यालय छनोटका लागि दुविधा उत्पन्न भएको हुन सक्छ । 

रुचिका आधारमा छानौं विषय र विद्यालय

कलंकीकी बिन्दिया अधिकारीले ३.८० जीपीए ल्याएर एलआरआई स्कुलबाट एसईई उत्तीर्ण गरिन् । कक्षा ११ मा उनी गुणस्तरीय र राम्रो वातावरणमा पढाइ हुने विद्यालयमा भर्ना हुन चाहन्छिन् । राजधानीका अधिकांश विद्यालयले कक्षा ११ र १२ मा गुणस्तरीय र राम्रो वातावरणमा पढाइ हुने दाबीसहितका विज्ञापन गरेका छन् । 

उद्यमी बनाउने सीपमूलक अध्ययन

दुई दशकअघि होटल म्यानेजमेन्ट पढ्न भारत गएका काठमाडौं सिफलका सञ्जीव थापा आफूले अध्ययन गरिरहेको विषयबारे खुलेर भन्न सक्दैनथे । उनको टोलमा उनले पढिरहेको विषयबारे गफ हुँदा स्थानीय नाक खुम्च्याउँथे । तर, आज समय बदलिएको छ । सञ्जीव भारतमा होटल व्यवस्थापन सकेर काठमाडौं फर्किएपछि लाजिम्पाटको पाँचतारे र्‍याडिसन, बौद्धको हयात हुँदै बुढानीलकण्ठको पार्कभिलेज होटलमा पुगे ।

‘आगामी शैक्षिक सत्रबाटै स्तरीकृत परीक्षा’

राष्ट्रिय परीक्षा बोर्ड बन्नुभन्दा अगाडि उच्च माध्यमिक शिक्षा परिषद् थियो । परिषद्को काम कक्षा ११ र १२ को परीक्षा लिनेमात्रै नभएर पाठ्यक्रम निर्माण, विद्यालय सञ्चालन अनुमति, अनुगमन, मूल्यांकन, परीक्षा विश्लेषणलगायत सबै किसिमको जिम्मेवारी थियो । तत्कालीन रूपमा परीक्षा नियन्त्रण कार्यालय नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत थियो । त्यसले कक्षा १० को एसएलसी परीक्षा सञ्चालन गर्थ्यो । त्यसको परीक्षा सञ्चालन र नतिजा प्रकाशन आफैं गर्थ्यो ।

व्यावहारिक र जीवन उपयोगी शिक्षा आवश्यक

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा कक्षा ११ मा पढ्ने विषय र विद्यालय छनोटका लागि दुविधा उत्पन्न भएको हुन सक्छ । कक्षा ११ मा पढ्दा व्यावहारिक र जीवन उपयोगी शिक्षा आवश्यक रहने विज्ञहरुको राय छ ।