ललितपुरको चाँगाथलीमा एक दम्पती मृत भेटिएका छन् । महालक्ष्मी नगरपालिका वडा नम्बर ७, चाँगाथलीमा डेरा गरी बस्ने एक दम्पती मृत फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए ।
बैंकिङ कसुरमा संलग्न रही फरार भएका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी, काठमाडौंको चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अम्गाईं रहेका प्रहरीले जनाएको छ ।
लुटपाटपछि हत्याको योजना बनाई फरार रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ टिमुरेका ४२ वर्षीय सोनाम तामाङलाई काभ्रेको धुलिखेल नगरपालिका–१ मयुरपार्कबाट पक्राउ गरेको हो ।
कमलपोखरीको दलदले हिलोमा कुनै बेला कमल फुलेको देखिन्थ्यो । फोहोर बढ्दै गएपछि कमलको फूल देखिन छाड्यो । काठमाडौं महानगरपालिकाले सुरु गरेको कमलपोखरी सौन्दर्यकरण आयोजनाले पोखरीमा साँच्चिकै कमल फुलाउला भनेर संरक्षणकर्मीले आशा गरेका थिए तर त्यस्तो भएन ।
जिल्लाको चार वटै स्थानीय तहले आफ्नो नगरक्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय बालबालिकाको भौतिक उपस्थिती मै कक्षा सञ्चालन गर्ने भएको छ ।
नेकपा निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको कदमविरुद्ध सडकमा ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ । आन्दोलनरत अनेरास्ववियूको दोस्रो चरणको कार्यक्रमअन्तर्गत काठमाडौंको कमलादीस्थित डवलीमा प्रदर्शन गरिएको हो ।
छुरा प्रहार गरेर आफ्नै साथीलाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बुढानीलकण्ठ-१ मा गत पुस २३ गते स्थानीय राजसिंह ठकुरीले आफ्नै साथी सुशील तामाङलाई छुरा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी वृत्त महराजगन्जका डीएसपी रोशन खड्काले बताए ।