कलाले निश्चित भाषा बोल्दैन । यसको खास भूगोल छैन । यसले अनेक रङ, रूप, भाषा, धर्म, संस्कृति र देशबारे एउटै लय बोल्छ । त्यही लयलाई पछ्याउँदै हिँड्छन् कलाकार । कलाको फरक भाषा र भूगोल हुँदो हो त म्यान्मारमा प्रजातन्त्र पुनः बहालीका लागि अनाहकमा ज्यान गुमाएका सयौं मानिसप्रति नेपालका कलाकार रवीन्द्र श्रेष्ठको मनमा सहानुभूति पलाउने थिएन ।
कर्मले उनी केही भिन्न छन् । समाजको हितका लागि समर्पणको शैली अलि अनौठो छ । सिल्भर रङको पोसाक, टोपी र मास्कभित्र लुकेको छ उनको मानवता । सामाजिक सञ्जालमा उनको नाम छ ‘सिल्भर रोबोपस ।’ उनको यो वास्तविक नाम त होइन नै, सामाजिक सञ्जालको प्रोफाइल तस्बिरमा समेत उनले अनुहार लुकाएका छन् ।
सफा नीलो आकाश । टन्टलापुर घाम । चिसो हावाले घाम लागेको अनुभूति छैन । सेतो पछ्यौरी ओढेजस्तै सेताम्य छ तिलिचो ताल । मनाङमा ४ हजार ९ सय १९ मिटरमा अवस्थित यो ताल पुग्नेहरू भन्छन्– तिलिचोले बेला बेला रङ फेर्छ ।
बाल्यकालमा बुबाले भजन गाउँदा उनी चाख मानेर सुन्थे र त्यसैको सिको गर्थे । यौवनकालमा टोल छिमेकमा थुप्रै क्लबमा आबद्ध भएर साथीभाइलाई सांगीतिक कार्यक्रम आयोजना गर्न सघाउँथे । संगीत प्रशिक्षणमा पनि उनले अरुलाई हौसला प्रदान गरे ।
घलेगाउँको डाँडामा घमाइलोसँगै चिसो सिरेटो चल्दै थियो । लोकदोहोरी गायक राजु परियार र टीका सानु आउने खबरसँगै उत्तरकन्या आधारभूत विद्यालयको प्रांगण स्थानीय र नयाँ वर्ष मनाउन आएका पाहुना तथा आन्तरिक पर्यटकले भरिभराउ थियो । भीडलाई छिचोल्दै सुरुमा राजु र त्यसपछि टीका मञ्चतर्फ सोझिए ।
सतेन्द्रकाजी श्रेष्ठले झन्डै साढे तीन दशक पर्यटन व्यवसायको क्षेत्रमा बिताए । आफ्नो आँखै अगाडि सोल्टी होटलमा पर्यटकहरू निदाइरहेको उनले नियालिरहेका थिए । निदाएका पर्यटकलाई ब्युँझाउन भने उनले कला विधालाई रोजे ।
‘मातृ देवो भव !पितृ देवो भव !गुरु देवो भव...!’ अर्थात् संसारमा जन्म दिने आमा, बुबा र शिक्षा दिने गुरु भगवान् सरह हुन्छन् भन्ने गहन भाव अहिलेका नयाँ पुस्तामा हराउँदै गएको जब उनले महसुस गरे, तब त्यसलाई संगीतमा उतार्ने जमर्को गरे । उनको त्यही प्रयासमा तयार भएको छ, गीत ‘मिसले सोध्नु भो ।’
विश्व एउटै देश हुँदो हो त राष्ट्रगान पनि एउटै हुन्थ्यो । न पासपोर्ट बनाउनुपर्ने झन्झट, न भिसा लगाउनुपर्ने बाध्यता, न ‘ओभरस्टे’ को कानुनी अड्चन । विश्वचर्चित गायक जोन लेननले आफ्नो गीत ‘इम्याजिन’ मा भनेजस्तै, ‘इम्याजिन देयर इज नो कन्ट्रिज...’ ।
एक महिनाअघि बनाइएका गोबरका कुण्डा (गुइँठाजस्तै) सबैले एकै ठाउँमा राख्छन् । यसलाई जिउँदो होरी पनि भनिन्छ । फागु पूर्णिमाको दिन सार्वजनिक स्थलमा लगेर कुण्डा (होलिका दहन) जलाइन्छ । भोलिपल्ट त्यही खरानी लगाएर होरी खेल्न सुरु गरिन्छ ।