इलामको चोक बजार नपुग्दै नवीन चोक जोड्ने बाटोको घुम्तीमै छ, हरि गुरुङको इलाम टि हाउस । खासमा उनको त्यो पसलमा दर्जनौं स्वाद र जातका चिया बिक्रीमा छन् । त्यहाँ पुग्ने ग्राहक हुन् या पाहुना, चिया नचखाई उनी हतपत पठाउँदैनन् । टि हाउसभित्र छ, काठको मुढा चिल्याएर बनाएको टेबल । टेबल वरिपरि चार–पाँच थान स्टुल ।
अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् ।
गीतकार हर्क साउदले आठ वर्षअघि लेखेको ‘सुन साइँली...’ बोलको गीत उनको जीवनकै पहिलो रचना हो । त्यसयता उनले ३२ गीत रचना गरिसकेका छन् । अधिकांश ‘हिट’ त कुनै ‘सुपर–हिट’ भएका छन् भने कुनै ‘सुपर–डुप्पर’ पनि बनेका छन् । पार्श्व संगीतदेखि गीत लेखनमा व्यस्त हर्कले ‘सुन साइँली...’ पछि पछाडि फर्केर हेर्नुपरेको छैन ।
एक्ला, केवल एक्ला दिनहरूमा पनि केही थियो, जसले मानुषीलाई निराश हुन दिएन । ती रंगहीन दिनमा उनको सम्झना–आयतनमा टाँगिएकी हुन्थिन्, आमा हिसिला यमी (६५) । बाल्यकालमै भूमिगत जीवन बाँचिन् मानुषीले ।
मुलुकका सडकमा आयातितसँगै स्वदेशमै उत्पादित सवारीसाधन पनि गुड्न थालेका छन् । आधा दशकदेखि आयातित सवारीसाधनसँगै स्वदेशमै उत्पादित सवारीसाधन बजारमा गुड्न थालेका हुन् । पछिल्लो समय नेपाल सवारीसाधन आयातमा मात्रै सीमित नभई उत्पादनतर्फ पनि अघि बढेको छ । सरकारले स्वदेशमै एसेम्बल गर्न उद्योगहरूलाई छुट सुविधा दिन थालेसँगै उद्योगीहरू यसतर्फ आकर्षित हुन थालेका हुन् ।
सोलुखुम्बुको पिके पिक बेस क्याम्पस्थित पिके सांग्रिला लज एन्ड रेस्टुरेन्टको डाइनिङ हलमा चियाको चुस्की लिँदै एक विदेशी महिला आफ्नो गाइडसँग नेपालीमा गफिइरहेकी थिइन् । उनीसँगै सेतै फुलेको दारी–कपाल भएका पाका विदेशी पनि सानो स्वरमा नेपालीमै कुराकानी गरिरहेका थिए । केहीबेर उनीहरूको भलाकुसारी सुनिसकेपछि सोधियो, ‘तपाईंहरू दुवै जना नेपाली भाषा त राम्रोसँग बोल्नु हुँदो रहेछ ।’ युवतीले मुसुक्क हाँस्दै जवाफ फर्काइन्, ‘धन्यवाद । बोल्ने प्रयास गर्छौं । तर सबै त आउँदैन ।’
नेपाली सिने जगत्मा कुनै समय एकछत्र राज गरेका थिए, तुलसी घिमिरेले । कला र प्रविधि दुवै विधामा उम्दा यी दिग्गज सिनेकर्मीबारे यतिबेला सबैले सोधखोज गर्न थालेका छन्, ‘खोइ तुलसी घिमिरे ? ‘गुमनाम छु बदनाम छैन,’ हालैको एकाबिहान झापामा भेटिएका उनले मुस्काउँदै बोले, ‘अब नयाँ कथा बोकेर चाँडै फर्किंदै छु ।’
जीवनमा सफल हुन के गर्नुपर्ला ? दुईमत छैन, मिहिनेत र निरन्तरको संघर्ष । योजनाबद्ध खटाइ र दृढ इच्छाशक्ति भए आफ्नो कर्ममा सफलता पाउन नसक्ने कुरै छैन । त्यसैमध्येका एक हुन्, पर्यटन व्यवसायी उद्धव कँडेल । र्याफ्टिङ गाइडका रूपमा लामो समय त्रिशूलीको पानी नापेका छन् उद्धवले । जीवनमा सबैखाले दुःख, पीडा भोगेका छन् । संघर्षलाई नजिकबाट नियालेका छन् । तर त्यही दुःख, पीडा र गहिरो अनुभवले भने आज उनलाई सफल उद्यमीका रूपमा उभ्याएको छ ।
एकै व्यक्तिले आफूलाई कति विधामा अब्बल ठहर्याउन सक्छ ? एक, दुई वा तीन ? प्रकट पंगेनी ‘शिव’ अपवाद थिए । तीसको दशकमा अभिनेता र कवि, ५० को दशकदेखि गीतकार र गजलकार । जति उमेर ढल्किँदै गयो, उति प्रेमिल गजल । आफूभन्दा अनुज पुस्तासँग संगत गर्न रुचाउने उनको स्वभावले युवापनको झल्को दिए पनि मंगलबार स्वास्थ्यले साथ दिएन । सधैं मुस्कुराइरहेको अनुहारको प्रतिविम्ब छोडेर उनी सधैंका लागि अस्ताए ।
आमा र भामवाडाको सम्झनाले मीन भामलाई एक तमासको स्मृति र तन्द्राले छोप्छ । मीन जन्मिएको मुगु–भामवाडा गाउँ उस्तै छ, केवल त्यहाँ फेरिएका छन् ऋतुहरू, ग्रामीण कथा र मान्छेहरू । धेरै युवा गाउँ छाडेर उडिसके, जसरी उनको गाउँमा उडेर आउँथे र जान्थे चराहरू । उनकी आमा, उनका बा र तिनका दौंतरीहरू कहिल्यै नफर्किने यात्रामा गइसके ।