१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२
उपनिर्वाचन-२०८१

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

वैशाख १९, २०८१

पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन ।...

'अवस्था' र 'व्यवस्था बदल्ने'लाई उपचुनावले दिएको एकमुष्ट सन्देश

प्रतिनिधिसभा इलाम-२ र प्रदेशसभा बझाङ-१ मा भएको उपनिर्वाचनको नतिजा सार्वजिनक भएको छ । इलाम र बझाङ दुवै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । झट्ट हेर्दा प्रतिनिधिसभा र प्रदेशसभाको एक-एक रिक्त स्थान भर्नका लागि भएको जस्तो देखिए पनि यो चुनाव राजनीतिक दलहरूको पछिल्लो डेढ वर्षमा बदलिएको हैसियत वैधानिक रूपमा परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो । 

बझाङ १ (१) मा एमालेले फर्कायो विरासत

२०७९ को निर्वाचनमा बझाङ १ (१) मा  कांगेस–माओवादीसहितको गठबन्धनका उम्मेदवारसँग एमाले पराजित भएको थियो । त्यसबेला कांग्रेसका पृथ्वीबहादुर सिंहले निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडालाई ३ हजार ७ सय ३६ मतले पछि पार्दै विजयी भएका थिए ।

इलाम-२ मा रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत

इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

इलाम-२ उपनिर्वाचन : सुहाङ खड्काभन्दा ६ हजार ५ सय मतले अगाडि

प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एमालेका सुहाङ नेम्वाङले २० हजार ५ सय ९६ मत पाएका छन् ।

भण्डारीको विजय : सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई लाभ

बझाङ प्रदेशसभा-१ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ । सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्

बझाङ प्रदेशसभा-१ मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् । 

इलाम-२ उपनिर्वाचन : लारुम्बाको भोट पहिचानवादीलाई, कसले कति पाए ?

किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने भनिएको माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू सबैभन्दा बढी मत ल्याएका छन् । माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ ।

बझाङ प्रदेशसभा–१  मा एमाले कांग्रेसभन्दा ९ मतले अगाडि

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा पुन: एमाले अगाडि लागेको छ । सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार दमनबहादुर भण्डारीले तोडेका हुन् । उनी ९ मतले अगाडि रहेका छन् । भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन् । 

रास्वपा उम्मेदवार मिलन लिम्बूले आफ्नै वडामा पाए जम्मा ९६ मत 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बू आफ्नै वडामा कमजोर देखिएका छन् । धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिका वडा नम्बर-२ मा लिम्बूले ९६ मत मात्रै पाएका छन् ।

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघ्यो

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङको मत १० हजार नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन् । 

इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू निकै पछाडि

इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको  मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम सार्वजनिक हुँदा एमालेका सुहाङ नेम्बाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई २ हजार ८ सय ५३ मतले पछाडि पारेका छन् ।

बझाङ प्रदेशसभा-१ मा कांग्रेस र एमालेबीच कडा टक्कर

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार २ सय ८४ मतले अगाडि रहेका छन् । सोमबार बिहानदेखि सिंहले अग्रता लिएका हुन् । 

इलाममा मतान्तर बढाँउदै एमाले, कांग्रेसलाई पछ्याउँदै पहिचानवादी

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्मको मतगणना सकिएको छ ।

बझाङ प्रदेशसभा-१ कांग्रेस उम्मेदवार सिंह अगाडि लागे

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा कांग्रेसले अग्रता लिएको छ । सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन् । सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले अगाडि छन् ।

इलाममा एमालेको अग्रता कायमै, बझाङमा कांग्रेसले उछिन्यो

इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । सोमबार बिहानसम्म भएको गणनाअनुसार उनले ७ हजार ६ सय ७७ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत ल्याएका छन् । 

उपनिर्वाचन : इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता [अपडेट]

प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा आइतबार राति ११ बजेसम्म एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । उनले एक हजार १ सय मतभन्दा बढीको अग्रता कायम गरेका छन् । मध्यान्नबाट सुरु भएको मतगणनाको प्रारम्भमा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

इलाम-२ उपनिर्वाचन : कांग्रेसका खड्का अगाडि, एमालेका नेम्बाङ मतान्तर घटाउँदै

इलाम-२ को उपनिर्वाचनअन्तर्गत जारी मतगणतामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।