डोटीको पूर्विचौकी–६ मा कांग्रेसका थापा विजयी

मंसिर १६, २०८१

कान्तिपुर संवाददाता

Thapa of Congress won in Doti's Purvichouki-6

डोटी — डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ६८ मत प्राप्त गरी विजयी भए ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गरे ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गरे । 

निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ । कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो । यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully