कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ बुधबार देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बुधबार देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिए ।
ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुने 'वुमन स्टोरिज'मा अन्जलीसँगै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतको अभिनय रहनेछ । यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो ।
एपीएफले पुलिसको चुनौती समाप्त पार्दै बुधबार प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेटको फाइनल यात्रा तय गरेको छ । टीयू मैदानमा भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा हारसँगै डिफेन्डिङ च्याम्पियन पुलिसको चुनौती सकिएको छ । पुलिस दुई पल्टको च्याम्पियन हो । एपीएफ भने दोस्रो पल्ट फाइनल पुग्न सफल भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।