सात वर्षदेखि रेल विभागले रोकेर राखेको जग्गाको मुआब्जा नटुंगिँदै बर्दिवासस्थित रेलवे स्टेसन सार्ने हल्लाले स्थानीयमा असन्तुष्टि चुलिएको छ । बर्दिवास नगरपालिकाको १, २, ६, ७, १४ र भंगाहा नगरपालिका–४ का स्थानीयले रेलको लिक र स्टेसनमा पर्ने आफ्नो जग्गाको मुआब्जा पाएका छैनन् ।
चालु आर्थिक वर्षमा ऊर्जा तथा सिँचाइ मन्त्रालयको बजेट खर्च निराशाजनक देखिएको छ । संसद्को अर्थ समितिमा आइतबार मन्त्रालयले पेस गरेको बजेट कार्यान्वयनको अवस्थाबारेको प्रस्तुतिमा ऊर्जातर्फ फागुन मसान्तसम्म ३३ प्रतिशत मात्रै बजेट खर्च भएको जानकारी दिइयो । जलस्रोत तथा सिँचाइतर्फ चैत २४ सम्मको बजेट खर्च पनि ३० प्रतिशत मात्रै छ ।
ब्याज अनुदानको सहुलियत कर्जा लिनेमा करिब ९५ प्रतिशत महिला छन् । यो गत फागुनसम्म सहुलियत ब्याजदरको कर्जा लिने महिलाको संख्या हो । उक्त अवधिसम्म कुल ७७ हजार १ सय ७६ जनाले सहुलियत ब्याजदरको कर्जा लिएका छन् ।
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ३५.८९ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.३१ अंकले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९९.५१ विन्दुमा बन्द भयो । अघिल्ला ४ कारोबार दिनमा निरन्तर बढेको नेप्से आइतबार उच्च अंकले घटेको हो । चार दिनअघि (गत चैत २५ मा) नेप्से २.६५ अंकले घटेको थियो ।
२३ वर्षयता काठमाडौं केन्द्रित उडान गर्दै आएको बुद्ध एयरले वैशाख १८ देखि काठमाडौंबाहिरका ६ वटा हवाई रुटका ७ वटा गन्तव्य सहर जोड्दै अन्तर प्रदेश उडान थाल्ने भएको छ ।
२०६५ भदौ २ को कोसी बाढीले ठूलो जनधनको क्षति भयो । धान, मकै, गहुँ, सनपाट, आलु उत्पादन हुने कोसी गाउँपालिकाको ३ हजार १ सय बिघा जमिन रातारात मरुभूमिमा परिणत भयो ।
साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष रहेका साखः संघका सल्लाहकारसमेत थिए ।
भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागले देशभर १ सय ८ स्थानका मालपोत कार्यालयबाट अनलाइनमा आधारित भूअभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) सुरु गरेको छ । विभागअन्तर्गतका १ सय २६ मालपोत कार्यालयमध्ये अहिले १ सय ८ ठाउँमा एलआरआईएमएस सेवा सुरु भइसकेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।
पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाटै सेयर ब्रोकर छान्ने व्यवस्था गर्न लागिएको छ । धितोपत्र बजार (हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकर छानेर अनुमतिपत्रका लागि बोर्डमा सिफारिस गर्नुपर्ने व्यवस्था परिमार्जन गरेर छनोटको सबै अधिकार बोर्डमा ल्याउने तयारी भएको स्रोतले बताएको छ ।
अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान एक प्रतिशतभन्दा बढी भएको विज्ञहरूले बताएका छन् । अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान विषयमा आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय तथ्यांक विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान डेढ प्रतिशत भएको तथ्यांक प्रस्तुत गरे ।