कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अबको राजनीतिक विमर्श कसरी समृद्धि प्राप्त गर्ने भन्नेमा हुनुपर्छ : पुर्व प्रधानमन्त्री भट्टराई

नुमा थाम्सुहाङ

काठमाडौँ — पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अबको राजनीतिक विमर्श नेपालले कसरी समृद्धि प्राप्त गर्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रिय क्याम्पसले आयोजना गरेको ‘विश्वविद्यालय विमर्श’ कार्यक्रममा पुर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका छन् ।

अबको राजनीतिक विमर्श कसरी समृद्धि प्राप्त गर्ने भन्नेमा हुनुपर्छ : पुर्व प्रधानमन्त्री भट्टराई

राज्य र लोकतन्त्र निर्माणको चरणपछि अब नेपालको राजनीति जनताको सुख तथा समृद्धितर्फ केन्द्रित हुनुपर्ने उनकाे भनाइ छ ।

‘राज्य र लोकतान्त्रिकरण निर्माणको चरणपछि अब जनताको सुख, समृद्धि र खुसीयाली प्राप्त गर्ने समय हो,’ उनले भने, ‘त्यसैले हामी समृद्ध प्राप्त गर्ने चरण तर्फ प्रवेश गरेका छौं । अब हाम्रो राजनीतिक विमर्श, अध्ययन र चिन्तन यसमा केन्द्रित हुनुपर्छ ।’

उनका अनुसार नेपालको इतिहासलाई तीन चरणमा बाँडेर बुझ्नुपर्दछ । उनी भन्छन्, ‘१८ औं र १९ औं शताब्दी राज्यको निर्माणको चरण रहेको, त्यसपछि यता जनतालाई कसरी अधिकार सम्पन्न बनाउने भन्ने लोकतन्त्र र अधिकारको निम्ति लडाइँ गरेको चरण हाे ।’ याे चरण २०७२ सालको संविधान जारी गर्दासम्म रहेको भट्टराईको भनाइ छ ।

स्वतन्त्र विद्यार्थी युनियनले हरेक साताको शुत्रबार विश्वविद्यालय विमर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अवसरमा ‘नेपालले लिनुपर्ने बाटो’ विषयमा बोल्दै भट्टराईले दुनियाँ बदल्न र बुझ्न यसको गतिशिलता बुझ्नुपर्ने उल्लेख गरे ।

‘कार्ल मार्क्सको भनाइलाई बोध गरेको हुनाले एउटा त बदल्न निरन्तर प्रयत्न गरिराख्नुपर्छ,’ उनले भने, ‘बुझेर मात्र भएन त्यसलाई अझ उन्नत बनाउनुपर्छ । त्यसको लागि सक्रिय सामाजिक राजीतिक कर्म गर्ने ।’

उनी आफैं पनि बुझ्नको निम्ति पढ्ने, लेख्ने र बदल्नको निम्ति राजनीतिक संघर्ष गर्ने गरेको कुरा विश्वविद्यालयका विद्यार्थीमाझ राखे ।

‘विश्वविद्यालयले प्रश्न गर्ने र एउटा आलोचनात्मक चेत सहितको थलो बनाउनुपर्छ भन्ने मान्यता राख्छु । प्रश्न उठाउने र जवाफ खोज्ने र ज्ञान प्राप्त गर्ने महत्वपूर्ण माध्यम हो,’ उनले भने, ‘सामाजिक, आर्थिक रुपान्तरणको निम्ति राजनीति गर्नु सहि हो । नीजि तथा आफन्तको लाभको निम्ति कुर्सी वा सत्तामा बस्ने भन्ने कुरा व्यक्तिको चिन्तनमा भर पर्छ । म चाहि सत्ताको निम्ति सत्ताको राजनीति होइन सामाजिक रुपान्तरणका लागि राजनीति अब तपाईहरुले गर्नुपर्छ भन्छु ।’

प्रकाशित : श्रावण ११, २०८१ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×