शुक्रबार बिहानैदेखि मौसममा भएको बदली र वर्षापछि रामेछापको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले कतिपय क्षेत्रमा यातायात समेत प्रभावित भएको छ ।
वर्षासँगै शुक्रबार जिल्लाको उच्च हिमाली भू-भागमा हिमपात भएको छ । पर्यटकीय क्षेत्र लाङटाङमा हिमपात भइरहेको त्यहाँका वडा अध्यक्ष सुप्पा तामाङले बताए । हिमपात र वर्षाको कारण जिल्लाको उत्तरी क्षेत्रमा जाडो बढेको छ भने स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ ।
लागू औषधसहित बारा जिल्लाका दुई युवकलाई प्रहरीले मकवानपुरमा बिहीबार पक्राउ गरेको छ । बारा पचरौटा नगरपालिका-७ का मोटरसाइकल चालक अरबिन्द कुमार पटेल र आदर्श कोतवाल गाउँपालिका- १ का सुल्तान मियाँ अन्सारीलाई १० केजी २ सय ५० ग्राम चरेससहित प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकामा कर्मचारी अभावका कारण कार्यसम्पादनमा समस्या देखिएको छ । गाउँपालिकामा २९ जनाको दरबन्दी भए पनि सातजना मात्र कार्यरत छन् ।
चाबहिल–साँखु सडकखण्ड निरीक्षणमा पुगेका मन्त्री र सांसदलाई स्थानीयले सडकको दुरवस्थाबारे गुनासो सुनाएका छन् । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद तथा स्थानीय जनप्रतिनिधिको टोलीले बिहीबार सडकको निरीक्षण गरेको थियो । ०७४ मा निर्माण सक्नुपर्ने सडकको काम अझै अधुरै छ । विस्तार क्रममा दक्षिणढोकाको खोल्सामाथि ढलान गरेपछि पानी पर्दा बस्ती नै डुबानमा परेको स्थानीयले गुनासो गरे । ‘यस्ता अनुगमन जति आए पनि हाम्रो समस्याको अन्त्य भएन,’ रामेश्वर गिरीले भने ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको चितवन रत्ननगर नगरपालिका–२ टाँडीमा शुक्रबार राति पौने ११ बजे यात्रु बस पल्टँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको भरतपुरमा रहेको पुरानो मडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य यात्रुहरु उपचारपछि घर फर्केका छन् ।
भालुको आक्रमणबाट बिहीबार गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका ७० वर्षीय दुब्ले तामाङ गम्भीर घाइते भएका छन् । गोठमा बसिरहेका उनलाई एक्कासि भालुले आक्रमण गरेको थियो ।
भिरालो जमिनमा अवस्थित घरको मूलढोकामा ताला झुन्डिएको छ । तिब्बती सिमानाको दुर्गम आलुम्पुसँग जोडिएको स्याखु बस्तीको यो घरमा ताला लागेको १७ दिन भयो । गाउँलेहरू अन्धविश्वासको भर पर्दा रत्नबहादुर श्रेष्ठ र कृष्णमाया दम्पती गाउँबाटै विस्थापित हुनुपर्यो ।
‘म जनताका लागि खटिरहेको छु, स्थानीय सरकार त भन्छन् तर मैले सरकारको अनुभूति जनतालाई गराउन सकिनँ । गाउँपालिकामा पुग्दा विपक्षीको व्यवहार गर्छन्, कुनै कुरा सुनुवाइ हुँदैन,’ रामेछापको उमाकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष नुर्बु शेर्पा बुधबार भाषण गर्दागर्दै भक्कानिए । विकास निर्माणको अवस्था र नागरिकलाई परेको पिरमर्का बुझ्न उमाकुण्डको दुर्गम गाउँ गुम्देल पुगेकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेसामु गुनासा राख्ने क्रममा उनी रोएपछि एकछिन् त्यहाँको माहोल नै अर्को बन्यो ।
प्रदेश ३ सरकारले प्रदेश अनुसन्धान ब्युरो गठनका लागि आवश्यक कानुन तर्जुमा सुरु गरेको छ । मन्त्रिपरिषद् बैठकले ब्युरो गठनका लागि ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन निर्माणको काम थालेको हो ।