थाहा गोल्डकपमा ७ टीम सहभागी हुने

शिखर क्लबको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा ६ वटा स्थानीय र चन्द्रागिरीबाट आएको एक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

असार २, २०८३

प्रताप विष्ट

7 teams to participate in Thaha Gold Cup

हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा बुधबारदेखि छैठौं थाहा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

थाहा नगरपालिकाको ईन्दायणीमाई चौरस्थित खेलकुद मैदानमा संचालन हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका उपाध्यक्ष कुमार रायमाझीले बताए ।

थाहा नगरपालिकाको आर्थिक सहयोगमा शिखर क्लब शिखरकोटको व्यवस्थापनमा संचालन हुने उक्त प्रतियोगितामा ७ वटा टिम सहभागी भएका छन् । ६ टीम थाहा नगरपालिकाभित्रकै छन् । एउटा काठमाडौंको चन्द्रागिरी नगरपालिकाको रहेको छ ।

असार ६ सम्म संचालन हुने उक्त प्रतियोगिताका विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीले १२ हजार ५ सय र उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर र  हाइस्कोर खेलाडी जनही ६ हजार २५० रुपैयाँ पाउने छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully