आधुनिक र आयुर्वेदिक उपचार पद्धतिका साथै नेपाल प्राकृतिक चिकित्साका लागि समेत भरपूर अवसर भएको मुलुक हो । यहाँका परम्परागत उपचार विधि, प्राकृतिक चिकित्सा, योग, ध्यान, स्पा, एक्युपंचर लगायत उपचार पद्धतिमध्ये धेरै नेपालको आफ्नै खोज र अभ्यासबाट विकास भएका हुन् ।
कार्तिक १४, २०८२
अहिले देशको अर्थतन्त्र विदेशी दाताको सहयोग र रेमिट्यान्समा भर पर्नुपर्ने दयानीय अवस्थाको सिर्जना सानादेखि ठूलासम्म भ्रष्टाचार काण्डहरूकै कारण भएको हो ।
निर्वाचनमा जानुभन्दा पहिला देशमा शान्तिसुरक्षा र लुटिएका हतियार फिर्ता गर्नु परेन ? प्रहरी अहिले पनि फिल्ड जान डराउँछन् । जेलबाट भागेका कैदीहरू अझ सम्पर्कमा आएका छैनन् । यस्तो अवस्थामा निर्वाचन भनेर रटान लगाउनु ठीक होला ?
कार्तिक १३, २०८२
लेखकले ‘नेतृत्वविहीन होइन, नेतृत्वपूर्ण आन्दोलन’ भन्ने अभिव्यक्तिमार्फत डिजिटल युगमा फैलिँदो सामूहिक नेतृत्वको संकेत दिएका छन् ।
कार्तिक १२, २०८२
चुनाव जित्न केवल एमालेको ६ लाख कार्यकर्ताले मत दिएर मात्र हुँदैन, जनताले पनि दिनुपर्छ । जुन ओलीको छुद्रो बोली र तानाशाही सोचको कारण पाउन गाह्रो छ । यही कारण ओली चुनावभन्दा संसद् पुनःस्थापनको अलाप फलाकिरहेका छन् । जुन समयसापेक्ष छैन ।
कार्तिक ११, २०८२
देश बलियो भयो भने नागरिक बलिया हुन्छन् भन्ने कुरा इतिहासको पानामा पढ्न मात्र पाइन्छ अब । अहिले देश गरिब हुँदै छ, राजनीति गर्ने सीमित व्यक्ति, माफिया, बिचौलिया र भ्रष्टाचारी मोटाएका छन् ।
नेपालका नेता हुन् वा कर्मचारी, विगतलाई हेर्ने हो भने सवारी साधनप्रतिको मोह ठूलै देखिन्छ ।
कार्तिक १०, २०८२
उद्योगबाट उठ्न बाँकी बक्यौता ५ अर्ब ४८ करोड ४५ लाख छ भन्ने समाचार आएको छ । सर्वसाधारणले एक महिना ढिलो गरेर महसुल काट्ने प्राधिकरणले उद्योगीको यत्रो रकम हुँदा पनि लाइन काट्न किन सकेन ?
कार्तिक ९, २०८२
जुनसुकै जाति, जुनसुकै समुदाय भए पनि रहे पनि सबै समुदायबीच धार्मिक आस्थामा जलाशय समीप रातभर भगवान्को ध्यान गरेर भजनकीर्तनसहित जाग्राम रहेर यस पृथ्वीस्थलमा संसारलाई पालनपोषणसहित उज्यालो दिलाउने सूर्यलाई ध्यानपूर्वक अर्घ चढाउनु नै यस पर्वको मुख्य विशेषता हो ।
उनको सरकारका केही सदस्यहरूलाई त्यतिबेलाको संवेदनशील अवस्थालाई हेरेर सेनाले मोबाइलको साटो ल्यान्डलाइन प्रयोग गर्न लगाइएको प्रयोगकर्ताले नै बताएका छन् ।
कार्तिक ४, २०८२
आन्दोलनले कसरी गति लिएको थियो भन्ने विषय ‘डिस्कर्ड’ मा भएको संवादबाट जानकारी हुने रहेछ । अनुसन्धानमा पनि काम लाग्ने विषय ।
कार्तिक ३, २०८२
यसबाट ऊ पार्टी, देश र जनताप्रति दायित्वविहीन बन्न खोजेको छ । बैठक एक दिन स्थगित गर्नु अन्यथा नहोला तर १३/१३ दिनसम्म स्थगित गर्नु भनेको पार्टीको महाधिवेशन तोकिएको समयमै गर्न नखोज्नु हो ।
आश्विन ३१, २०८२
जब नेपाली टोली मैदानमा उत्रिन्छ, सबै जात, धर्म, भाषा र वर्गका नेपालीहरू एउटै स्वरमा चिच्याउँछन् ‘जय नेपाल’ तर उत्साह केवल क्षणिक खुसीमा सीमित हुनु हुँदैन । क्रिकेटको सफलता संरचनागत सुधार, खेल पूर्वाधार र दीर्घकालीन योजनामा परिणत हुनुपर्छ ।
आश्विन ३०, २०८२
नेपाली कांग्रेसकै भित्रको असन्तुष्टि, युवाको आन्दोलन र देशभर फैलिएको ‘पुराना अनुहार जाऊन्’ भन्ने मागबीच देउवाको राजनीतिक अवसान नजिकिएको हो । जेन–जी विद्रोह नैतिक जिम्मेवारीको आह्वान पनि हो– जहाँ नेताले कुर्सी होइन, उत्तरदायित्व देखाउनुपर्छ ।
आश्विन २९, २०८२
हामीले वैदेशिक रोजगारीमा सुरक्षा सुनिश्चित गर्नुपर्नेछ, आफ्ना नागरिकको आवाज अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउनुपर्नेछ । साना राष्ट्रहरूले एकअर्कासँग हातेमालो गर्नुपर्नेछ, ताकि शक्तिशालीहरूको रणनीतिक खेलमा हामी सधैं बलिदान नबनौं ।
आश्विन २८, २०८२
विगतका आन्दोलनहरूमा केही कमजोरीहरू अवश्य थिए– अवसरवादी नेताहरू, दिशाहीन नाराहरू र स्वार्थी गठबन्धनहरू । तर, ती कमजोरीका कारण देशभित्र जन्मिएको हरेक विद्रोहलाई विदेशीको खेल भनेर अस्वीकृत गर्नु राष्ट्रको आत्मसम्मानमाथिको चोट हो ।
बालबालिकालाई भाषा, संस्कार, संस्कृति, नैतिक शिक्षाबाट अलग्याइएको छ, किताबको भारी, कक्षाको पढाइ, ट्युसनसमेतबाट ११–१२ घण्टासम्म शिशु, बालबालिकालाई कछेटेर चरम मानसिक र शारीरिक पीडातर्फ धकेल्ने काम भएको छ ।
आश्विन २७, २०८२
आफू नियुक्त हुँदा संविधान मिच्ने तर अब संविधानबाट अलिकति पनि दायाँबायाँ जान नचाहने र पुरानै पद्धतिलाई अवलम्बन गरेर अगाडि बढ्नु भनेको उही पुरानै राजनीतिक दलका नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल पालैपालो प्रधानमन्त्रीको कुर्सीमा बसेको जस्तै त्यही ठाउँमा बस्ने पात्र मात्र फेरिएको तर पुरानै प्रणालीलाई निरन्तरता दिएको भन्दा फरक केही देखिनेवाला छैन ।
परिवर्तनका वाहक बनेका युवा (जेन–जी पुस्ता) ले पनि अब आफ्नो आन्दोलनको ऊर्जा र आक्रोशलाई विध्वंसतिर जान नदिन उच्च सतर्कता र आत्मनिरीक्षण गर्नु जरुरी छ ।
आश्विन २६, २०८२
ओलीको भाषणमा न त लज्जा छ, न पश्चात्ताप, न नैतिकताको कुनै छाया । उनको अराजक अभिव्यक्तिले लोकतन्त्रको आत्मालाई कुल्चने प्रयास गरिरहेको छ ।
आश्विन २४, २०८२
वास्तवमा खोला बस्तीमा पसेको होइन, बरु बस्ती नै खोलामा पसेको हो । खोलाले आफ्नो स्वाभाविक बाटो नपाएपछि अस्वाभाविक रूपमा हिँड्नु बाध्यता हो ।
राजनीतिक संस्कार बिग्रियो भने सामाजिक संरचना पनि भताभुंग हुन्छ भनेको अहिले सही साबित भएको छ ।
आश्विन २३, २०८२
अहिले यसो हेर्दा सरकारको उद्देश्य निर्वाचन गराउने मात्र हो कि जस्तो देखिएको छ । यो सरासर गलत हो । निर्वाचनका लागि मात्रै निर्वाचन गराउनुको कुनै अर्थ छैन ।
यो संकटको घडीमा जिम्मेवारी सरकारको मात्र होइन– विपक्ष, मिडिया र हरेक नागरिकको उत्तिकै छ । सामाजिक सञ्जालमा उत्तेजक सामग्री र अफवाह फैलाउन तत्काल रोकिनुपर्छ ।
आश्विन २२, २०८२
परम्परागत दलहरूको कुशासन, भ्रष्टाचार, दम्भ, गैरजिम्मेवारीपन र जनताप्रतिको बेवास्ताका कारण उत्पन्न वितृष्णाको पृष्ठभूमिमा उदय भएको युवा आन्दोलनको जगमा हुन लागेको निर्वाचनमा जेन–जी युवा समूहको सहभागिता अनिवार्य छ ।
आश्विन २१, २०८२
खासगरी स्थानीय तहका निम्ति विनियोजित बजेटका साथै सांसदको निर्वाचन क्षेत्रको विकासको नाममा अन्धाधुन्द तरिकाले बाँडेको अर्बौं रुपैयाँबाट बनेका स्तरहीन सडक धेरै ठाउँमा मृत्युभूमिसरह बनेका छन्, वर्षायाममा ठूलो जनधनको क्षति गराउने कारक तत्त्व बनेका छन् ।
हुँदाहुँदै यी सबै क्षेत्रमा अचेल त रोबोट तथा एआईले मानिसलाई नै विस्थापित गराउलान् कि भनेजस्तो अवस्था उत्पन्न भइसक्यो ।
आश्विन २०, २०८२
विगतमा कमजोर तयारी र असजगताले ठूलो क्षति बेहोरेको नेपालले पछिल्ला दिनमा विपत्ति व्यवस्थापनमा नयाँ दृष्टान्त प्रस्तुत गरेको छ– जहाँ राज्य मात्र होइन, निजी क्षेत्र र नागरिक समाज पनि सँगसँगै उभिएका छन् ।
आश्विन १४, २०८२
यो आन्दोलनको उपलब्धि र परिणामलाई धोका दिने काम कहींकतैबाट गरिए अझ भयानक परिणाम बेहोर्न हामी तयार हुनुपर्छ । त्यसैले आन्दोलनका माग पूरा गर्न खुट्टा कमाउने काम कतैबाट नहोस् ।
हालसालै हामी नेपाल नामक संस्थाको वेबसाइटमा देखिएको ‘स्टुडेन्ट फर अ फ्रि तिब्बत’ नामक लोगोले अप्रत्यक्ष रूपमा यस्तो जोखिम उत्पन्न गरेको छ । यसले चीनको ध्यान तान्ने सम्भावना राख्छ, जससँग नेपालले दशकौंदेखि कायम गरेको एक चीन नीति छ ।