मधेश मन्थन

संघीयताको पक्षमा बोलिदिने आवाजको अभाव छ

राज्य व्यवस्थाको सबभन्दा पुरानो वाद भनेको केन्द्रीयतावाद हो । चाहे राजा होस्, सम्राट् होस् कि सैनिक शासकै किन नहोस् । त्यसले के खोज्छ भने रैती अर्थात् प्रजा सबै एकै किसिमको होस् । र मेरो प्रतिनिधिले त्यसमा शासन गरोस् । त्यसमा संघीयताको अवधारणा छैन । राजतन्त्रबाट दोस्रोमा हामी आउँछौं सामान्तवादमा । त्यसमा के हुन्छ भने राजाको प्रतिनिधिले त शासन गर्ने तर अधिकार नदिने । संघीयताको अवधारणा त्यहाँ पनि छैन ।

काठमाडौंको केन्द्रीय मानसिकता संघीयतामैत्री भएन

हामी लोकतान्त्रिक संघीयताको अभ्यास गरिरहेका छौं । हाम्रो संघीयताको शक्ति भनेकै लोकतन्त्र हो । लोकतन्त्रलाई घटायो भने यो संघीयता चल्न सक्दैन । तर हाम्रो संघीयता मौलिक होइन । हामीले यसलाई ‘एडप्ट’ गरेका हौं । यसलाई मौलिकताका रूपमा विकास गर्न जरुरी छ ।

संघीयता कार्यान्वयनमा केन्द्र सरकारको सहयोग मिलेन 

मुलुकमा संघीयता आए पनि शासन प्रणालीको सिद्धान्तअनुसार केन्द्र सरकारबाट सहयोग हुन सकेको छैन । अहिले प्रदेशले नगरेका कुराहरु औंल्याइएका छन् । प्रदेशले गर्न सकेन भन्नुको अर्थ ‘भर्खरै जन्मिएको बच्चा एक किलोमिटर दौडिन सकेन’ भनेजस्तै महसुस हुन्छ ।

‘उद्योगका काम संघ, प्रदेश वा स्थानीय तह कहाँबाट गराउने ?’ 

संघीयता र लोकतन्त्र एकअर्कासँग जोडिएका छन् । पहिलो फड्को लोकतन्त्र हो । लोकतन्त्र नहुँदा विकास र औद्योगिकीकरण हुँदैन । हाम्रो लोकतन्त्र ‘इभल्भिङ’ छ । मधेश आन्दोलनले पहिचान दियो । मधेशका ५५ प्रतिशत जनतालाई देशले चिनेको थिएन, हामीलाई काठमाडौंमा माडे भनिन्थ्यो । आज कुनै व्यक्ति वा समुदायले पहिचान पाउनु भनेको ठूलो फड्को र उपलब्धि हो । हाम्रो तेस्रो उपलब्धि संघीयता हो । कतिले संघीयता खर्चिलो भयो भन्छन् तर, यो खर्चिलोका लागि आएको होइन ।

‘शक्तिको अभ्यास प्रदेश सरकारभन्दा बढी सीडीओले गर्छन्’ 

हामी पहिचानको लडाइँमा एउटा खुड्किलो पार गर्न सफल भएका छौं । जति पनि प्रदेशका नाम आए, धेरै खोलानालाका नाम राखिए । मधेश नाम मात्रै संघीयताको पहिचानका आधारमा तय भयो । ‘मधेश’ शब्दलाई पहिले अलि नकारात्मक तरिका (डेरोगेटिभ वे) ले बुझिन्थ्यो । हामीले संघर्ष गरेर मधेश नामाकरण गर्न सक्यौं । अहिले मधेश शब्द सबैले लेख्न, बोल्न र स्विकार्न बाध्य भएका छन् । यसलाई मैले ऐतिहासिक सफलताका रुपमा लिएको छु । 

समाजका संवेदनशील मुद्दाहरु छुटिरहेका छन्

म पनि मधेशी महिला हुँ । म ब्राहमण समुदायको भए पनि बसोबास गर्ने ठाउँमा दलित महिला हुनुहुन्छ, जनजाति, मुस्लिम पनि हुनुहुन्छ । विगतमा सबै महिलाको समस्या उस्तै थियो, सबैले घुम्टो राख्थे । खुलेर बाहिर आउन मलाई भन्दा पनि अरु समुदायकालाई झनै गाह्रो थियो ।

सिंहदरबारको विकृति प्रदेश र स्थानीय तहमा देखिनुभएन

संघीयताको अभ्यास गरेको पाँच वर्ष भयो । म विकासमा काम गर्ने भएकाले राजनीति गरेर राष्ट्रिय सभामा आएको होइन । विकासका दृष्टिबाट हेर्दा संघीयताको आवश्यकता भनेको जनताले सेवा सहज रुपमा पाउनका लागि हो । राज्य संरचना समावेशी बनोस्, सबैले आफ्नो जीवनयापनलाई प्रत्येक्ष असर पार्नेगरी नीति निर्माणमा सहभागी हुन सकुन् भन्ने हो ।  

संघीयताको सवालमा ओली र देउवा उस्तै देखिनुभयो

राजनीतिक रूपमा हाम्रो समाज विगतभन्दा केही सचेत देखेको छु । पहिला राजनीतिक रूपमा देश कता जाँदैछ भन्ने चिन्ता थिएन । खासगरी राणाविरोधी आन्दोलनदेखि २०३६, २०४६ र पछिल्लो समय जनयुद्ध, मधेश आन्दोलनसम्म आउँदा राजनीतिक सचेतना बढेको छ । 

जनकपुरको वैभव र प्रतिरोधी संस्कृति हराइरहेको छ

जनकपुरका जनताले आफ्नो जीवन बचाउन र आफ्नो समाजलाई सुन्दर बनाउनका लागि गरेका अभ्यासहरु नै जनकपुरका वैभव हुन् । ती अभ्यासबाट प्राप्त वैभवहरु फर्काउने हो भने यो सही अवसर हो । हामीले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएका छौं । हामीले अब जनकपुरका वैभवहरू खोज्नुपर्छ ।

सामाजिक रूपान्तरण राजनीतिको अभिन्न मुद्दा बन्नुपर्छ

यो समाज बदलियो कि उस्तै छ भन्ने विषयलाई कसरी अगाडि बढाउने ? समाज केही कुरामा बदलिएको छ, केही कुरामा उस्तै छ । त्यसैले समाज बदलियो कि उस्तै छ भन्ने सूचक/मापदण्डहरु के–के हुन सक्छन् ? समाज बदलियो भन्ने कुरालाई जोड्दा, समाजमा भएका निमुखा वर्ग, समाजमा भएका कमजोर वर्ग माथि उठ्यो, कि उठेन ?

जनकपुरका सडकमा महिलाको उपस्थिति किन कम छ ?

जनकपुरको पुनर्जागरण र वैभव फर्काउने कुरा भइरहँदा यहाँका सडकमा महिला किन छैनन् भन्ने कुरा पनि जोडिएर आउँछ । महिलालाई संविधानले समानुपातिक समावेशिताको अधिकार दिएको छ, संघीय र प्रदेश व्यवस्थापिकामा ३३ प्रतिशत स्थान दिने भनिएको छ । तर, व्यवहारमा त्यो लागू भएको छैन ।

जनकपुरलाई धार्मिक-पर्यटकीय केन्द्रका रूपमा स्थापित गरौँ

जनकपुरको विकासलाई दुईवटा दृष्टिकोणले हेर्नुपर्छ । आत्मदृष्टि र चरणदृष्टि । हामीले चरणदृष्टिले हेर्‍यौं भने जनकपुरमा विकास भएको देखिन्छ । यहाँ स्वर्गद्वारको निर्माण भएको छ, महागंगा आरती सुरु भएको छ, सडकको विस्तार भएको छ, विमानस्थलको स्तरोन्नति भएको छ, ब्रोड गेजको रेल सञ्चालनमा आएको छ, निजी स्तरमा शैक्षिक संस्थाको वृद्धि भएको छ ।

समाज रूपान्तरणलाई दलहरूले एजेन्डा बनाएनन्

समाज कुनै सरकार भए पनि नभए पनि, कुनै सरकारले काम गरे पनि नगरे पनि स्थिर बसिरहने कुरा होइन । त्यो अघि बढिरहेकै हुन्छ । समाज रूपान्तरणको गति मधेश प्रदेशमा अत्यन्तै सुस्त रूपमा अघि बढिरहेको छ । धेरै पक्षमा हामी भ्रमित पनि रहेका छौं । समाज रूपान्तरण केलाई भन्ने र केलाई नभन्ने ?

जनकपुरको वैभव फर्काउने काम गरिरहेका छौँ

शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनकपुर एउटा उद्गमविन्दु हो । पूर्वी दर्शनका चारवटै दर्शन जनकपुरबाट लेखिएको कुरा हामीले पढ्दै आएका छौं । अहिले पनि हामी प्रगतिशील अवस्थामा छौं । अहिले असाध्यै सही समयमा जनकपुरको पुनर्जागरण र वैभव फर्काउने कुरा आइरहेको छ ।

संघीयता कार्यान्वयन गर्दा आर्थिक मुद्दा ओझेलमा परे

नेपालमा संघीयता कार्यान्वयनका क्रममा आर्थिक मुद्दाहरू ओझेलमा परे । संघीयताको भाष्य स्थापित गर्नेबेलामा हामीले मुख्यगरी ४ वटा कुरालाई अग्रभागमा ल्यायौं । अधिकार, पहिचान, समावेशिता र शासकीय स्वायत्तताको कुरा पनि त्यहाँ आयो ।