सन् २०१८ को वसन्त ऋतुको एक दिन, छ वर्षीया छोरी लिएर हामी अस्ट्रेलियाको ग्रामीण सहर टुओम्बाको केन्द्रमा पुगेका थियौं, जहाँ दुई ठूला संरचना—करिब ५०० मिलियन डलर खर्चेर बनाइएको ‘ग्रान्ड सेन्ट्रल सपिङ मल’ र त्यसैको पारिपट्टि २५ मिलियन डलरमा बनेको ‘टुओम्बा सिटी लाइब्रेरी’— अवस्थित छन् । सुरुमा हामी सपिङ मलभित्र छिर्यौं ।
एकलौटी शासनसत्ता सञ्चालन गर्ने मनसायले प्रतिनिधिसभा भंग गर्न लगाएर कामचलाउ बनेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आत्मविश्वास डगमगाउन लागेजस्तो छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा दिनानुदिन पेचिलो बन्दै गइरहेको छ ।
राणाकालीन नेपालमा, १९९०/९१ सालतिरदेखि नै देशमा प्रजातन्त्र र जनअधिकारका लागि आवाज उठाउने, नेपालको पहिलो राजनीतिक पार्टी खोल्ने सोच लिएर हिँडेका पाँच–छ युवा युग परिवर्तनको कल्पना गरेर संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा होमिन तयार भएका थिए ।
दोस्रो जनआन्दोलनको भावभूमि तयार पार्न नागरिक समाजका तर्फबाट अग्रणी भूमिका खेल्नेमध्येका एक देवेन्द्रराज पाण्डेले मंगलबार एउटा ट्वीट गरे, ‘बालुवाटारतर्फ शान्तिपूर्वक अघि बढिरहेको नागरिक जुलुसमाथि ओलीसत्ताको तर्फबाट प्रहरीले बर्साएको बर्बरता हेर्दा साह्रै दुःख लाग्यो । यो स्तरको बलप्रयोग २०६२ साउन १० मा समेत भोगिएको थिएन ।’
एक महिनायता देशभित्र वा बाहिरका नेपाली र नेपाललाई माया गर्ने सबैबाट सोधनी हुने प्रश्न एकै किसिमका छन् । जस्तो— सर्वोच्च अदालतले के गर्छ ? निर्वाचन आयोगले राजनीतिक दलको विवाद कहिले र कसरी टुंगो लगाउँछ ?
जुन राज्यले पुर्खौंदेखि जीविकोपार्जन गर्दै आएको भूमि विकासका नाममा सेना लगाएर बलजफ्ती खोस्यो, जुन राज्यले जनताको सुरक्षार्थ खटाउनुपर्ने प्रहरीलाई आफ्नै जमिन जोत्दा निर्मम लाठी प्रहार गर्न लगायो, त्यसकै प्रतिनिधि प्रहरीलाई समयबजी र पानी खुवाउँदै थिए खोकनाका किसानहरू !
विश्व भन्सार संगठनले भन्सारको योजनाबद्ध विकास, भूकम्पका समयमा राहत सामग्रीहरूको सहज जाँचपास विधि कार्यान्वयनजस्ता थुप्रै कारणले नेपालको भन्सार प्रशासनलाई अग्रणी संस्थाका रूपमा लिएको छ ।
‘तिम्रो इन्स्टाग्राम स्टोरी हेर्दा त मलाई पनि अमेरिका गएर बस्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ केही साताअघि एउटा भारतीय साथीले मलाई भन्यो । उसको भनाइ सुनेर मलाई ‘अमेरिकामा त्यस्तो के छ र, जुन भारतमा उपलब्ध छैन ?’ भन्ने लाग्यो ।
कुनै ठाउँमा व्यवस्थित ढंगले नयाँ सहर बसाल्नुको एउटा उद्देश्य समृद्धिको आधार खडा गर्नु तथा जनजीविकाका लागि सम्भावनाका ढोकाहरू खोल्नु हो । तर, नेपालमा उल्लिखित लक्ष्य राखेर मात्रै सहर घोषणा हुँदैनन्, भैरहेका छैनन् । आवश्यकता र औचित्यका आधारमा भन्दा पनि राजनीतिक स्वार्थका कारण सहरहरू घोषणा गरिएका उदाहरण बग्रेल्ती छन् ।
मान्छेको जात आधारभूत र नैसर्गिक रूपमा बेइमान त छ नै, त्यो बेइमानीभित्र एउटा रोचक इमानदारी पनि उपस्थित छ । त्यो के हो भने, सभ्यताको विकासक्रम अहिलेसम्म आइपुग्दा उसले आफू कुनै पनि समयमा अनैतिक हुने र त्यस्तो भएको देखाउने क्षमता राख्छु भनेर स्वीकार गरेको छ । यो स्वीकारोक्तिको प्रमाण धेरैतिर प्रकट छन् ।
अबलाई खड्गप्रसाद ओली व्यक्तिको नाम रहेन । प्रवृत्तिको नाम भयो यो । यस्तो प्रवृत्ति जुन लोकतन्त्रको तेजोवध गर्न सम्पूर्ण शक्तिका साथ क्रियाशील छ । दुर्भाग्य भनौं, यो प्रवृत्ति हाम्रो परम्परागत दलीय प्रणालीभित्रैबाट जन्मियो, जसका कारण न लोकतन्त्र लोकतन्त्रजस्तो देखियो न त गणतन्त्र ।
सहिदलाई राष्ट्रको शक्ति–स्रोत, ईश्वरीय रूप तथा उनीहरूका संकल्प र सपनालाई बाँचेकाहरूका निम्ति उचित मार्गदर्शन मानिन्छ । सहिद दिवस वर्षमा एकपटक सम्झिने औपचारिकता र लोकाचार पुर्याउने श्रद्धारहित ‘श्राद्ध’ मात्रै होइन, सहिदका सपनासँग आफ्ना संकल्प गाँस्ने प्रेरक अवसर हो ।
एक हिसाबले अहिले देशै ‘प्रवास हिँडेको’ जस्तै छ । पछिल्लो समय कोभिडका कारण दैनिक परदेसिनेको संख्यामा कमी आए पनि हरेक दोस्रो–तेस्रो घरको कोही न कोही रोजगारीकै सिलसिलामा विदेश छन् । उत्कृष्ट अवसरको खोजीमा होइन, अधिकांश त परिवारको गुजारा र सन्तानको शिक्षा–दीक्षाकै लागि विदेशमा सुरक्षित–असुरक्षित सबैखाले काम गर्न बाध्य छन् ।