अनगिन्ती होर्डिङ बोर्डले काठमाडौं महानगरको सडकलाई प्रदूषणको प्रयोगशाला बनाएको छ । यहाँ छन्– समस्या, चुनौती र नीतिगत अभाव ।
विद्यार्थीहरू चिन्तनशील नागरिक बन्नुभन्दा बजारमा बेच्न सकिने ‘मानव पुँजी’ बन्न बाध्य छन् । तिनलाई प्रश्न गर्न सिकाइँदैन– आज्ञाकारी हुन सिकाइन्छ, विश्लेषण गर्न सिकाइँदैन– कण्ठ गर्न सिकाइन्छ, सिर्जनशील हुन सिकाइँदैन– अनुकरण गर्न सिकाइन्छ ।
रास्वपामा पुराना राजनीतिक दलका कार्यशैली र गलत संस्कारको विरोध गरेर जन्मेको पार्टी हो । तर, यो पार्टीको सबैभन्दा ठूलो विरोधाभास यही छ कि, यसले आफूलाई पुरानाहरूभन्दा कुनै पनि अर्थमा भिन्न देखाउन सकेको छैन ।
हाल करिब ७९ लाख लगानीकर्ता प्रत्यक्ष रूपमा सेयर बजारमा जोडिएका छन् । यी लगानीकर्ताको विश्वास र साढे ४६ खर्ब रुपैयाँको सेयर बजारलाई निष्पक्ष र पारदर्शी बनाउने कर्तव्य धितोपत्र बोर्डकै हो ।
जेष्ठ ३१, २०८३
कसैले महिलालाई परनिर्भर नमानून् अनि पुरुषले पनि आफूलाई पैसाको बोट र जिम्मेवारीको हिमायती नठानून् ।
हामीले परिणामलाई प्राथमिकता दिने कि प्रक्रियालाई ? तर, लोकतन्त्रले यी दुईलाई प्रतिस्पर्धी होइन, परिपूरक मान्छ । देशका संस्था बलियो हुन जति परिवर्तनको खाँचो छ त्यति नै प्रक्रियासम्मत हुन जरुरी ।
विदेशमा रहेका नेपालीको अर्को अपेक्षा स्वदेश फिर्तीसँग पनि जोडिएको पाइन्छ । हुन पनि, वर्षौंको विदेश बसाइका क्रममा उनीहरू पारिवारिक तथा सामाजिक सम्बन्धबाट पर पुगेका हुन्छन् ।
जेष्ठ ३०, २०८३
हामी शक्तिशाली सरकारको मनोविज्ञानमा नफसौं र खोजौं– उत्तरदायी सरकार । संविधान, कानुन, नागरिक अभिमत र इच्छाहरूप्रति उत्तरदायी सरकार । जनता मातहतको सरकार । जनताले नियन्त्रण गर्न सक्ने लोकतान्त्रिक सरकार ।
जेष्ठ २९, २०८३
सबैभन्दा बढी संख्याका १० प्रकृतिका मुद्दाको शीर्षस्थानका अंशबन्डा र जग्गालाई आर्थिक वर्ष २०७७/७८ देखि सम्बन्धविच्छेदले उछिनेको हो ।
राइड हेलिङ प्लाटफर्मले चालकलाई सवारी सीप मात्रै होइन, लैंगिक संवेदनशीलता, यात्रु अधिकार र विवाद व्यवस्थापनको तालिम अनिवार्य दिनुपर्छ । यात्रुमाथि उजुरी परेपछि के कारबाही भयो ? त्यो यात्रुले थाहा पाउनुपर्छ ।
संघीय व्यवस्था स्थापनाका लागि संघर्ष गरेका र संविधान जारी हुँदा असहमति राख्ने शक्तिको आवाजलाई बसहपत्रमा समेटिन जरुरी छ । संघीय अभ्यासको प्रभाव र कमजोरीको समीक्षासहित बलियो र सशक्त संघीयतालाई प्रवर्द्धन गर्ने सवाल बहसपत्रको अनिवार्य विषय बन्नुपर्छ ।
सेवाग्राहीमैत्री बन्ने उनीहरूको प्रयत्न देखिन्छ । तर, यो प्रक्रियामा अपांगता भएका व्यक्तिलाई कारोबारमा सहज बनाउने काम भने छुट्दै गएको छ । खासगरी बैंकमा भौतिक रुपमै उपस्थित हुनुपर्दा यो वर्गले हैरानी बेहोर्नुपर्ने हुन्छ ।
जेष्ठ २८, २०८३
स्थानीय तह पुनःसंरचना कसरी ? केका आधारमा ? कसका लागि ? किन ? पुनःसंरचना गर्दा भूगोललाई प्राथमिकता दिने कि जनसंख्यालाई ? कोही भन्छन्– ठूला भूगोल छन्, मानिस थोरै । अर्का थरी भन्छन्– धेरै मानिस छन्, भूगोल साना । जनघनत्वका आधारमा पालिका पुनःसंरचनाको बहस पनि व्यापकै छ ।
आजका बहुसंख्यक आमा–बाबु सन्तानलाई ‘सेलेब्रिटी’ बनाउने यस्तो आत्मघाती दौडमा छन्, जहाँ बालापन एउटा सहज अनुभूति हुन छोडेर ‘स्क्रिप्टेड दृश्य’ मा परिणत भएको छ ।
विकसित राष्ट्रहरू एकै दिनमा बनेका होइनन् । त्यहाँका नागरिकले अनुशासन, श्रम, धैर्यता र राष्ट्रिय प्रतिबद्धताको संस्कार विकास गरेका कारण ती राष्ट्रहरू बलिया बनेका हुन् ।
आर्थिक लगानीका अतिरिक्त स्थानीय लगानीकर्ताको सहकार्यमा प्रतिष्ठित ब्रान्डहरू पनि नेपाल भित्रिन सक्छन् । जसले यहाँका लगानीकर्तालाई प्रेरित गर्न सक्छन्, अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि उकास्न सहयोग पुर्याउँछन् ।
पहाडलाई केवल भूकम्पले होइन, विकासका नाममा डाँडा चिर्दै कुदाइएका डोजरले पनि हल्लायो। सडकसँगै पहाडमा गहिरा घाउ बने, जसले वर्षासँगै पहिरो, जमिन चिप्लिने र बस्ती जोखिममा पर्ने समस्या बढायो। सुरक्षित बनाउने भनिएको विकासले नै असुरक्षा थपिदियो।
जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय सहकार्यबिना हुन्डी नियन्त्रण सम्भव छैन । हुन्डी सञ्जाल सीमापार फैलिएको हुन्छ । त्यसैले एक देशको प्रयास मात्र पर्याप्त हुँदैन । यसका लागि द्विपक्षीय तथा बहुपक्षीय सहकार्य, सूचना आदानप्रदान र संयुक्त अनुसन्धान संयन्त्रहरू सुदृढ पार्नुपर्छ ।
हाम्रा विश्वविद्यालयले राजनीतिक स्वार्थबाट टाढा, नेपाली माटो र विश्वविद्यालय बुझेको अनि ‘उच्च शिक्षामा केहि गर्छु’ भन्ने हुटहुटि भएको नेतृत्व पाउलान् ?
सेप्टेम्बर ८–९ मा रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो, त्यसको बलमा वालेन्द्र शाह निर्वाचित अधिशासक भए । कहीँ अब उनी भू–सामरिक बीउ छरेर दक्षिण एसियाली भू–राजनीतिक भुमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन् ?
जेठ दोस्रो साता छातीमा असह्य दुखाइ भएर वीर अस्पताल पुगेका एक पुरुषको पीटीआईएनआर परीक्षण गर्नुपर्ने भए पनि रिएजेन्ट अभावका कारण परीक्षण हुन सकेन र उनको मृत्यु भयो।
जेष्ठ २६, २०८३
अनुभवहीन सरकारले संस्थागत कूटनीतिलाई बेवास्ता गर्दै सस्तो डिजिटल राष्ट्रवादको भरमा परराष्ट्र नीति चलाउन खोज्दा ठूलो जोखिम निम्तिन सक्छ । सरकारले सामाजिक सञ्जालको भीडलाई पनि खुसी पार्ने र संस्थागत कूटनीतिक वार्ता पनि सँगै अघि बढाउने बाध्यता हुन्छ, जुन सम्भव छैन ।
आजको मुख्य प्रश्न धेरै गाडी गुडाउनु होइन, बरु धेरै मानिसलाई सुरक्षित, भरपर्दो र प्रभावकारी रूपमा गन्तव्यसम्म पुर्याउनु हो । अब द्रुत यातायात प्रणालीजस्तो व्यवस्थित सार्वजनिक यातायातको आवश्यकता थप स्पष्ट हुँदै छ ।
जनसांख्यिक लाभांश तब मात्र ‘लाभ’ हुन पुग्छ, जब त्यो युवा शक्तिलाई उत्पादनशील कार्यमा संलग्न गराउन सकिन्छ । अन्यथा, त्यही ‘लाभांश’ सुषुप्त विस्फोटक पदार्थ पनि बन्न सक्छ ।
प्रदेशलाई अधिकारको व्यवस्थापन पनि नगर्ने तर उसले केही पनि गर्न सकेन भन्ने भाष्य बनाउने काम भइरहेको छ । यो भनेको खुट्टा बाँधिएको मानिसले दौडिएन भन्नुजस्तो हो ।
पूर्वाधार निर्माणको कामसँग सम्बन्धित सबै अवरोधलाई हटाउने उद्देश्य राखेको ‘सनसेट’ कानुन अभ्यासमा आएमा आयोजनाले गति पाउने अपेक्षा गरिएको छ ।
जेष्ठ २५, २०८३
प्रदेशलाई अधिकारको व्यवस्थापन पनि नगर्ने तर उसले केही पनि गर्न सकेन भन्ने भाष्य बनाउने काम भइरहेको छ । यो भनेको खुट्टा बाँधिएको मानिसले दौडिएन भन्नुजस्तो हो ।
आजका विद्यार्थी पूर्णतः एआईमा निर्भर हुन थालेका छन् । यसले अनुसन्धान संस्कृतिमा नकारात्मक असर पार्नेछ । एआईको गलत प्रयोगबाट शैक्षिक चोरी, तथ्यहीन सामग्री उत्पादन तथा नक्कली सूचनाको विस्तार हुने जोखिम बढ्दै छ । त्यसैले एआई सहयोगी उपकरण हो, विकल्प होइन ।
राष्ट्रिय आयोजना बैंक प्रणालीलाई सुदृढ बनाउँदै सार्वजनिक लगानी व्यवस्थापनमा आमूल सुधार ल्याउन सकिन्छ । अन्यथा, कमजोर आयोजना छनोट तथा प्राथमिकीकरण, कार्यान्वयनमा ढिलाइ, लागत वृद्धि र सीमित सार्वजनिक स्रोत दुरुपयोगको जोखिम कायमै रहनेछ ।
प्रयोगवादको भुमरीमा रन्थनिएको हाम्रो राजनीतिलाई सानो आराम र लामो वैचारिक यात्राको सुरुवात अपरिहार्य छ । त्यसलाई सहयोग गर्ने ज्ञान प्रणालीको विकास गर्नु न्यूनतम अनिवार्य सर्त हो ।