नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई मुद्दा लगाउने क्रम बढेको छ । प्रहरीले चन्द समूहका कार्यकर्तालाई पक्राउ गर्नबित्तिकै अदालतबाट म्याद थपेर सरकारी वकिलमार्फत विभिन्न मुद्दा लगाउन थालेको हो ।
नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएको उज्यालो अभियानअन्तर्गत ५ महिनामा ८ सय २७ घरधुरीमा बिजुली पुगेको छ । अभियानअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा अहिले विद्युतीकरणको काम भइरहेको छ ।
पछिल्लो २ वर्ष डोल्पाले संघ र प्रदेशका २ जना पर्यटनमन्त्री पायो । दुई–दुईजना मन्त्री पाएपछि पर्यटन क्षेत्रको विकास, प्रवर्द्धनका लागि बजेट पनि प्रशस्त विनियाजन भयो । तर, डोल्पा पुगेको उक्त बजेट उपलब्धिविहीन हुन पुगेको स्थानीयको भनाइ छ ।
सिमकोट गाउँपालिका २, ठेहेस्थित रामदेव माध्यमिक विद्यालयमा २ सय १६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा दलित बालबालिकाको संख्या २१ मात्र छ । गत वर्ष विद्यालयमा ४० दलित बालबालिका अध्ययनरत थिए । झन्डै आधा विद्यार्थीले पढाइ छोडेपछि कक्षा ८ देखि १० मा दलित विद्यार्थीको संख्या शून्य छ ।
कर्णाली प्रदेश सरकारका विकास निर्माणका योजना गुपचुपमै सञ्चालन हुन थालेको स्थानीयको गुनासो छ । स्थानीय तहसँग समन्वय नगरिँदा बजेटको दुरुपयोग बढ्दै गएको छ ।
प्रहरीले गाउँगाउँमा अवैध मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । मातहतका प्रहरी एकाइमार्फत अवैध घरेलु मदिरा बरामद गरी नष्ट गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दोस्रोपटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।