केही वर्षअघि जिल्लाको कालिमाटी गाउँपालिका २ रामवजारका कृष्ण खडकाको १० रोपनीभन्दा बढी खेतीयोग्य जग्गा थियो । जसमा उत्पादन हुने धान, गहुँ, मकै र तोरीले उनका सात जनाको परिवारलाई वर्षभर खान पुग्थ्यो । बचत भएको केही खाद्यान्न उनले बिक्री गर्थे । उनको त्यो जग्गामा अहिले धान, मकै, गहुँ, तोरी देखिन छाडेका छन् । उनका सबै जग्गामा कंक्रिटका घरहरु धमाधम बनिरहेका छन् ।
बाग्चौर नगरपालिका सल्यानले कार्यालयबाट दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा तीन दिनका लागि बन्द गरेको छ । कार्यालय नयाँ भवनमा सार्न थालेकाले नगरपालिकाले दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा बन्द गरेको हो ।
जिल्लाको शारदा नगरपालिका ४ सुनटाकुरामा नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालनमा आउन नदिई सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वमा स्थानीयले गेटमा तालाबन्दी गरेका छन् । आफूहरूले राखेको मागको सम्बोधन नभएको भन्दै स्थानीयले आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालन गरेको भवनको गेटमा तालाबन्दी गरेका हुन् ।
शारदा नगरपालिका–१ श्रीनगरसँग १२ र १३ नम्बर वडाको स्यानीखाल जोड्न शारदा नदीमा निर्माण सुरु हुने पक्की पुलको काम १० महिनादेखि रोकिएको छ । पिलर गाड्नका लागि ड्रिल गर्ने क्रममा कडा चट्टान भेटिएपछि निर्माण रोकिएको हो ।
सल्यान प्रहरीले अवैधानिक रूपमा बिक्री गर्न लगेको एक ट्रक रासायनिक मलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बाग्चौर नगरपालिका–११ पानीखोलाका रासायनिक मलसहित दिनेश ओलीलाई प्रहरीले बिहीबार बेलुकी पक्राउ गरेको हो ।
मदन भण्डारी राजमार्गअन्तर्गत तुलसीपुर–कालीमाटी–बोटेचौर सडक कालोपत्रेको काम सुरु भएको झन्डै ५ वर्ष बित्यो । सडक डिभिजन कार्यालय दाङले २०७४ मा टेन्डर आह्वान गरेको उक्त योजनामा ३ वर्षभित्र काम सक्ने गरी ठेकेदार कम्पनी कालिका जेभीले सम्झौता गर्यो ।
शारदा नगरपालिका १ श्रीनगरस्थित अस्थायी बसपार्क वरपरको ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू शारदा नगरपालिकाले आइतबारदेखि भत्काउन सुरु गरेको छ । आधुनिक बसपार्क निर्माणका लागि ती संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरे पनि सबै स्थानीयले घरटहरा नहटाएपछि नगरपालिकाले डोजर लगाई भत्काउन सुरु गरेको हो ।
सल्यानमा धारिलो हतियार प्रयोग गरेर आफ्नै मामाले ८ वर्षीय भान्जाको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका २४ वर्षीय डम्मर पुरीले ८ वर्षका भान्जा भिजन घर्तिलाई आइतबार दिउँसो धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।