सशस्त्र प्रहरी बलले पर्साका विभिन्न नाकाबाट कपडा, किराना, मदिरा, फलफूललगायत २३ लाख ९ हजार रुपैयाँभन्दा बढीको सामान र सवारी साधन बरामद गरेको हो ।
आन्दोलन लम्बिए वीरगन्जको सरसफाइ व्यवस्थापन थप प्रभावित हुने सम्भावना देखिएको छ।
यद्यपि गत आर्थिक वर्षको तुलनामा भटमासको निर्यात मूल्यमा भने उल्लेख्य गिरावट आएको छ।
गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेपछि सुरक्षा निकायमा तरंग फैलिएको छ ।
असार १३, २०८३
मधेशका अर्थमन्त्री युवराज भट्टराईले २६ जेठमा केही क्षेत्रमा बजेट कटौती गर्ने निर्णय गरेका थिए, तर १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्टाइदिएपछि सरकार र अर्थ मन्त्रालयबीच चुलियो विवाद
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको असमझदारीका कारण फतुवा विजयपुर, कटहरिया र गरुडा नगरपालिकामा नगरसभा अझै हुन सकेको छैन।
मनसुन कमजोर हुँदा सिँचाइ सुविधा भएका क्षेत्रबाहेक पर्साका किसानले धान रोप्न सकेका छैनन् ।
असार १२, २०८३
बर्दिबास-१४ मा रेल्वेले अधिग्रहण गरेको जग्गाको मुआब्जा नपाउँदा १४ जना ज्येष्ठ नागरिक पाँच वर्षदेखि सम्बन्धित कार्यालय धाइरहेका छन्।
वीरगन्जका मुर्ली, छपकैंयालगायत स्थानबाट ताजिया, धार्मिक र्याली तथा कलाबाजी प्रदर्शन गर्दै मुस्लिम समुदायले मोहर्रम पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गरेका छन्।
असार ११, २०८३
खडक नगरपालिकामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा बाँकी १७ वटा स्थानीय तहले निर्धारित समयभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।
उद्धारमा खटिरहेकालाई ठक्कर दिँदै अर्को गाडीले चालकलाई लिएर भाग्यो
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको सीमाक्षेत्रमा रहेको यो बस्ती पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब ७ किलोमिटर घना जंगल पार गर्नुपर्छ । जीर्ण बाटो र हात्ती, बाघ तथा भालुसँग हुने सम्भावित जम्काभेट यहाँका बासिन्दाको दैनिकी बनेको छ ।
असार १०, २०८३
नगरपालिकाले मंगलबार १९औं नगरसभाबाट १ अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपैयाँ ३७ पैसाको बजेट सार्वजनिक गरेको हो ।
असार ९, २०८३
पर्साको ठोरी गाउँपालिका–३ शिकारीबासमा हात्तीको बथानले पाँच दिनदेखि धानबाली नष्ट गरेपछि किसानले राहतको माग गरेका छन्।
असार ७, २०८३
पक्राउ परेका छोटुले हालसम्म ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
राजगढ–२ का वडाध्यक्ष जितेन्द्रकुमार यादव कुटपिट र अंगभंग मुद्दामा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
असार ६, २०८३
सशस्त्र प्रहरी र वन कार्यालयको टोलीले वीरगञ्ज–३२ टेढाबाट कटान गरिएको करिब ४० क्युबिक फिट सालको काठ बरामद गरी अनुसन्धान अघि बढाएको छ।
असार ५, २०८३
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्ज महानगरपालिकासँग सहयोग माग्दै दोस्रो चरणको संरचना हटाउने अभियान अघि बढाएको हो।
पर्सभित्र कालो प्लास्टिकमा बेरेर लुकाइराखेको २४० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।
आदेशसँगै नगरपालिकाले सार्वजनिक गरेको नयाँ शुल्कदर कार्यान्वयनमा तत्काल रोक लागेको छ ।
असार ४, २०८३
दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्दै रैथाने उद्योगबाट उत्पादित पौष्टिकयुक्त पिठो प्रयोग गरेर खेतदेखि थालसम्म विद्यालय खाजा कार्यक्रमलाई अनिवार्य गर्ने भएको छ ।
सिरहा प्रहरीले जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार रहेका बरियारपट्टीका वीरेन्द्र कुमार यादवलाई आफ्नै घरबाट ६ वर्षपछि पक्राउ गरेको छ।
नहरको खाल्डोमा रहेको झाडीबाट ३७० किलोग्राम गाँजा बरामद
असार २, २०८३
सिरसिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडकखण्डमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटरभित्र रहेका बाँकी संरचना ५ दिनभित्र स्वयं हटाउन घरधनीलाई आग्रह ।
सरकारले करदाता सेवा कार्यालय खारेज गरेपछि सप्तरीका १८ मध्ये १६ स्थानीय तहले प्यान कार्डसहितका सेवा सञ्चालनमा ल्याएका छन्, बाँकी दुई पालिकामा तालिम बाँकी छ।
असार १, २०८३
‘अप्पन बच्चाके स्कुल पठाऊ, साक्षरता के दीप जलाऊ’ नारालाई सार्थक बनाउन विपन्न र सीमान्तकृत समुदायका बालबालिकालाई लक्षित गरी सघन साक्षरता अभियान सञ्चालन गरिने
'शिक्षित छोरीः सुरक्षित मधेश, उद्यमशील नारीः समृद्ध प्रदेश' संकल्पका साथ महिलाहरूलाई प्राविधिक सीप सिकाउन र सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान उपलब्ध गराउन 'मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम' कार्यान्वयनमा ल्याइने
प्लास्टिकको विकल्पको रूपमा अल्लो, जुट, सुर्तीको डाँठ वा कागजका झोला उत्पादन गर्ने स्थानीय उद्योगहरूलाई मेसिनरी खरिदमा विशेष पुँजीगत अनुदान दिइने
गत वर्षको तुलनामा मधेश सरकारको बजेट यस वर्ष झन्डै ५ अर्बले घटाइएको छ
आगामी साउनदेखि प्रशासनिक खर्च घटाउन मधेश सरकारले मन्त्रिपरिषद् १२ बाट ९ सदस्यीय बनाउने निर्णय गरेको छ, अन्य निकाय समेत खारेजीमा पर्नेछन्।