सिंहदरबारभित्र आवश्यकभन्दा बढी कर्मचारी राख्ने तर जनतासँग प्रत्यक्ष जोडिएको पालिकामा कर्मचारी नपठाएर सेवा प्रवाहलाई दुरुह बनाउने काम भएको छ
हामीले ‘डेस्टिनेसन वेडिङ’ मा ध्यान दिनुपर्छ, भारतीयलाई लक्ष्य गर्दै चितवन, भैरहवा, लुम्बिनी र जनकपुरमा यो सुरु भएको छ, अब हिमाललाई केन्द्रमा राखेर यसलाई व्यापक बनाउनुपर्छ
टेक्ने ठाउँ बलियो हुनुपर्छ । जरा बलियो भएपछि मात्र उभिन सकिएला । हाम्रो पहिचानको कथा, आदिवासीको मुद्दा अहिले जसरी आइरहेको छ, यो निकै सुनौलो पल हो । किनकि आदिवासीको मुद्दाले नाटकमा यसरी कुनै स्पेस पाएकै थिएन ।
हामी युवाहरूमा धैर्यको कमी पनि देखिन्छ । हामी रिजल्टमा बढी चिन्तित हुन्छौँ कि जस्तो लाग्छ कहिलेकाहीँ । सिद्धान्तमा बढी लागेर प्रयोगात्मकमा अलि पछाडि परिरहेका हौँ कि जस्तो पनि लाग्छ ।
देशभित्रै नयाँ स्टार्टअपदेखि ठूला सफ्टवेयर कम्पनीले अन्तर्राष्ट्रियस्तरको सेवा दिइरहेका छन् तर यस क्षेत्रको जटिल समस्या दक्ष जनशक्ति अभाव हो
सही नीति, प्रविधि र मानव संसाधन विकासका उपाय अपनाइयो भने नेपालको बैंकिङ क्षेत्र निकट भविष्यमा अझ प्रतिस्पर्धात्मक, आधुनिक र दिगो बन्नेछ
राज्यले कमजोर विद्यालय र विद्यार्थीका लागि लगानी बढाएको पाइँदैन, शिक्षाको अधिकांश बजेट तलबभत्ता र तालिममै सकिन्छ
विदेशमा थुप्रै नेपाली युवाले फोहोर वर्गीकरण गरिरहेका छन्, उनीहरूको सपना स्वदेशमै फोहोर प्रशोधन उद्योग खोल्ने छ, वातावरण बनाउन सके उनीहरू फर्कन्छन्
युवा सांसदमा केही गरौं भन्ने हुटहुटी छ, जुनसुकै दलका भए पनि पुरानो तरिकाले काम हुँदैन भन्ने समान मत देखिन्छ, तर यहाँ दलको निर्णयअनुसार चल्नुपर्ने बाध्यता छ, पाका नेताको कुरा मान्नैपर्ने अवस्था छ, युवा सांसदका कुरा कमै सुनिन्छ, मुख्य नेताकै निर्णय लागू हुन्छ
विश्वव्यापीकरणको युगमा आप्रवासन स्वाभाविक प्रक्रिया हो, यसलाई ‘बौद्धिक पलायन’ का रूपमा नभई ‘विश्वभर बलियो नेपाली सञ्जाल’ का रूपमा निर्माण गरेर अवसरको भरपूर उपयोग गर्नुपर्छ
नेपालमा जुन लोकसंगीत छ, संसारको कुनै पनि ठाउँमा छैन । ती देशका अरू नै विशेषता छन् । हाम्रो देशको त लोकसंगीत नै हो । हाम्रो देशमा विविधता छ । राई, लिम्बू, गुरुङ, मगर, तपाईंको समुदायले आफ्नो रैथाने बाजा नभुलुन् भन्ने हो ।
कम्प्युटरमा दक्ष अनि सिर्जनशील व्यक्तिले सहजै ‘कन्टेन्ट क्रिएसन’ गर्न सक्छन्, यसमा न लगानीको झन्झट न भाडा तिर्नुपर्ने तनाव !
घरमा आमा–हजुरआमा वा श्रीमतीले पकाएको खाना मीठो हुने तर आतिथ्य सत्कारसँग जोडिएको होटल, रेस्टुराँ, बार, क्याफे, ब्यांक्वेट, पार्टी प्यालेस र रिसोर्टमा तिनैलाई निषेध किन ?
यो क्षेत्रमा एक मात्र काम गरेर पनि बच्न सक्ने अवस्था छैन । त्यसैले रुचिका दुवै विषय सँगै गरेको छु । लेखन र चलचित्र निर्देशनको औपचारिक शिक्षापछि मलाई थप सजिलो भएको छ ।
निम्न वर्गलाई बैंकको पहुँचसम्म पुग्नै गाह्रो छ, उनीहरूलाई किन पत्याइँदैन, वित्तीय सहयोग झन्झटिलो बन्दा उनीहरूको सीप र जाागर कसरी खेर जान्छ, मैले बुबाको दुःखबाट थाहा पाएँ
संघ सरकारले दिएको अनुदान विकास निर्माणलाई पर्याप्त छैन, सहरको तुलनामा गाउँमा राजस्व संकलन पनि न्यून छ
संघ, प्रदेश, स्थानीय तहमा अपांगता भएका व्यक्तिको अधिकार, सहभागिता र अवसरका लागि आवाज उठाउँदा नसुनिएपछि आफैं त्यस स्थानमा पुग्ने लक्ष्य लिएँ, यही सोचले अघि बढ्दा गण्डकी प्रदेशसभामा आइपुगें
संविधानले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको छ तर त्यसअनुसार राज्यको मूलधारमा महिला र दलितको उपस्थिति ज्यादै न्यून छ
युवामाथि मतदाताले भरोसा देखाएका छन्, त्यो भरोसा हामीले पूरा नगरेमा र युवा नेतृत्वबाट फेरि निराशा मात्र मिलेमा ठूलो दुर्भाग्य हुनेछ, जुन युवाले राज्यको सेवा गर्छु भनेर राजनीति गर्छ, उसले सफलता पाउँछ
अध्ययन गर्नुअघि आफूले हेरेका कलाकारले जस्तो गरेका छन् त्यही कुरालाई रि–क्रियट गर्नु अभिनय हो जस्तो लाग्थ्यो । सामान्यतया रुनु, रिसाउनु, हाँस्नु, क्रोध व्यक्त गर्नु नै अभिनय हो भन्ने भान हुन्थ्यो । अभिनयलाई जीवनसँग जोडेर हेर्न सकेको थिइनँ । अध्ययनले अभिनयको परिधिलाई फराकिलो बनाएजस्तो लाग्छ ।
आर्थिक र सामाजिक दुवै हिसाबले मेरो थिएटर यात्रा रहरलाग्दो गरी नै चलिरहेको थियो । तर, विजया कार्की मात्रै बनेर पुग्छ त ? विजया कार्की जहाा उभिएको हो त्यो ठाउा बनिरहेको छ कि खिइरहेको छ त ?
संविधानले संसद्लाई त समावेशी बनायो, तर कार्यकारी तह समावेशी छैन, मुख्य काम कार्यकारी तहबाट कार्यान्वयन गर्नुपर्ने हुन्छ, सरकारमा दलितको प्रतिनिधित्वमा खासै ध्यान दिइएको छैन
महामारी नियन्त्रण र दैनिक जीवनयापनमा सहयोग पुर्याउने क्रममा जनतासाग नजिक भएँ, युवाले पहुँचविहीन र निमुखाको अनुहारमा उज्यालोपन ल्याउनुपर्छ, हाँसो र खुसी भर्नुपर्छ भन्ने मेरो मान्यता हो, त्यसैले अझ धेरै परिवर्तनका लागि राजनीतिमा आएँ
फेस्टिभलले फिल्मलाई राम्रो बुस्ट गर्ने रहेछ, फिल्म हेर्नेको संख्या बढ्दो रहेछ, ग्लोबल बजारमा कनेक्ट हुन पाइने रहेछ
फिटनेसमा आउने नयाँ मानिसहरूलाई कसरी सिकाउँछौं, कसरी सहयोग गर्छौं, त्यसले व्यवसायमा धेरै फरक पार्ने रहेछ
मैले पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रा पनि ‘जुन्को’बाटै गरेँ । मैले निर्माता र निर्देशकको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा ‘जुन्को’ बाटै सिकें ।
मेरो अनुहार जलाएर मलाई तर्साउने सोच राख्नेलाई भन्न चाहन्छु– म आगोमा बलें तर खरानी भइना, संसद्सम्म आइपुगें, मलाई लाग्छ, मजस्तै हजारौं युवाले आफूलाई अब्बल बनाउने मौका पाउनुपर्छ
पहिले म बुबा (संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ) सँग कराउँथें, राजनीतिमा युवा चाहिन्छ भन्नुहुन्थ्यो बुबाले, मैले भन्थें, ‘तपाईंहरूले न्यायपालिका, कार्यपालिका सबै ध्वस्त बनाउनुभयो, अनि युवा आउनुपर्छ भन्ने ? तपाईंहरूले भत्काएको सपार्न आउनुपर्ने ?’
२०४६ देखिकै अनुहारमा राजनीतिको मुख्य बागडोर छ, २०४६ मा १८ वर्ष पुगेको युवा अहिले ५३ वर्ष पुगिसकेको छ, तर उसले राज्यसत्ता चलाउने अनुहार त्यतिबेलादेखि अहिलेसम्म उही देखिरहेको छ, अनि कसरी हुन्छ परिवर्तन ?