विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।
चाउरी परेका गाला अनि हँसिलो चेहरा । तल्लोपट्टि एउटाबाहेक सबै दाँत फुक्लिसकेका छन् । आँखामा चस्मा अनि हातमा सानो घडी । उनको आँखा घरिघरि घडीमा गइरहेछ । लाग्छ, उनी कसैको प्रतीक्षामा छिन् । घरिघरि गेटतिर हेर्छिन् ।
दसैं स–परिवार तथा नातागोतासँग रमाइलो गर्ने पर्व हो । आर्शीवाद लिने र दिने पर्व हो । दसैं भन्नेबित्तिकै खाउँला पिउँला भन्ने दिमागमा आउँछ । दसैं भनेकै खाने र पिउने भनेर बुझेका छौँ । र हामी सन्तुलित आहार खानमा त्यति ध्यान दिँदैनौँ । खसी र रक्सीमा मात्र ध्यान दिनुहुन्न । मुख्य कुरा आफ्नो र परिवारको स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । सन्तुलित भोजन गर्दै रमाइलो गरेर दसैं मनाउनुपर्छ ।
दसैंमा कैलालीको जाल्पादेवी मन्दिरमा मार हान्ने प्रचलन छ । एउटा गाउँले अर्को गाउँका व्यक्तिलाई तरबार दिँदै मार हान्न निमन्त्रणा पनि दिने गरिन्छ । एकै पटक राँगाको घाँटी छिनाल्ने व्यक्तिलाई त माला लगाएर, काँधमा बोकेर घुमाउने गरिन्छ । कलाकार पुष्प खड्का बोका त सजिलै ढलाउँथे । तर राँगालाई मार हानेका थिएनन् ।
ओथारो बसेको पोथी परेवा अलि पर सरिरहेको थियो । वाक्वाकुम्...वाक्वाकुम् आवाज निकाल्दै बचेरालाई चुच्चोले चारो खुवाउँदै गरेको भाले परेवा निकै डराएको थियो । त्यतिखेर मेरा दायाँ हात परेवाको बचेरा समातिरहेको थियो । मैले बल्लतल्ल उड्न थालेको परेवाको बचेराको दुवै प्वाँख च्याप्प समातेँ । बचेराको जिउ थर्थराइरहेको थियो ।
केटाकेटी बेला कहिले दसैँ आउलाजस्तो लाग्थ्यो । त्यो बेलै त्यस्तो रहेछ । अहिले त दसैँ आउँछ, जान्छ, खासै मतलब हुँदैन । २००५ सालको कुरा हो । म ८ वर्षको थिएँ । त्यही वर्ष म सलकपुरस्थित बाको मामाघर पढ्न भनेर गएको थिएँ । किनकि, त्यसबेला हाम्रो गाउँमा कुनै विद्यालय थिएन ।
दसैं नेपालीहको महान चाड । परिवार तथा आफन्त जमघटमा विभिन्न मिष्ठान्न भोजन बनाइन्छ । सबैले आफ्नो स्वाद र इच्छाअनुसार परिकार बनाएर खान्छन् । वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले दसैं विशेष दुईवटा शाकाहारी र मांसाहारी भोजनका रेसिपी दिएका छन् ।
यतिबेला काठमाडौँ कलङ्कीमा ‘रारा एयर सस्पेन्सन’को क्याबिनमा छु । मन एकतमासले उजाडिएको छ । वरिपरिको वातावरण मान्छेको भीडले गुम्सिएको छ । कुममा कुम जोडेर हिँडिरहेका यी मान्छे देख्दा लाग्छ, हजारौँ माइलको दुरी लिएर पनि यी सँगसँगै हिँडेका छन् ।
खाना गएर जम्मा हुने थैलोलाई हामी आमाशय भन्छौं त्यहाँबाट बिस्तारै खाना सानो आन्द्रामा जान्छ । खाना बस्ने ठाउँमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यसको मुख्य कारण भनेको हाम्रो खाना खाने बानी नै हो ।
२००७ सालसम्म काठमाठौँ ‘फर्विडेन सिटी’ थियो । अर्थात् बाहिरका मान्छे पनि विरलै आउँथे । र, यहाँका मानिस पनि विरलै बाहिरफेर जान्थे । त्यसैले त्यसबेलासम्म यो तीन सहर ‘फर्विडेन सिटी’ थियो ।