रौतहटको मौलापुर नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता गर्ने थियो । तर‚ नेकपा एमालेबाहेकका दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता नै गरेनन् । पालिकाका ५ महिला र ३ अल्पसंख्यक सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।
प्रहरीले एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं ४ बस्ने ४१ वर्षीय सञ्जय राम छन् ।
मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको हो ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाका नवनिर्वाचित प्रमुख वीरेन्द्र माझीले नगरपालिकाभित्र ‘क्लोथ बैंक’ स्थापना गर्ने निर्णय गरेका छन् । निर्वाचित भएलगत्तै माझीले पहिलो निर्णयको रुपमा यस्तो योजना ल्याएका हुन् ।
ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चाका २३ वर्षीय प्रवीण पाख्रिनको हत्या आरोपी ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट पक्राउ गरी ल्याइएको हो ।
सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले पदभार ग्रहणसँगै नागरिकता सिफारिस नि:शुल्क र मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् ।
ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चामा बस्ने २३ वर्षीय प्रवीण पाख्रिनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पाख्रिनलाई शुक्रबार साँझ पौने ५ बजे ठोरी-५ स्थित बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी अचेत बनाएर फरार भएका थिए ।
घरमै सुतिरहेका बाबु र छोराको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको आइतबार बिहान हत्या भएको प्रहरीले जनाएको छ ।