कोभिडका कारण नेपाल–भारत सीमा बन्द रहे पनि भारतबाट अवैध हतियार भित्रने क्रम भने रोकिएको छैन । पछिल्ला दिनमा अवैध हतियारको कारोबारसमेत बढेको देखिएको छ । विगतमा दक्षिणी सीमावर्ती गाउँमा सहजै पाउइने अवैध हतियार प्रहरीको निगरानी कमजोर बन्दा बिस्तारै उत्तरी क्षेत्रमा समेत फेला पर्न थालेका हुन् ।
पूर्वपश्चिम राजमार्गको ढल्केवर–पथलैसा सडक खण्डमा लगातारको वर्षाले गहिरो खाडल नै बन्यो । खाडल बचाउँदै सवारीसाधन हाँक्दा पनि सकस परेपछि सडक कार्यालयले राजमार्गका खाल्डा अलकत्रा र मिक्स ढुंगा मिसाएर टाले । फेरि, वर्षा हुँदा टालिएको सडक उप्किएर ठूला खाल्डा बनेका छन् ।
प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय र पर्साको वीरगन्जमा विज्ञान प्रविधि विश्वविद्यालय तत्काल स्थापना गर्ने तयारी गरेको छ । यसअघि दुई आर्थिक वर्षमा नीति तथा कार्यक्रममा मात्र पर्दै आएका दुवै विश्वविद्यालयका काम यसै महिनादेखि सुरु गर्ने तयारी प्रदेश सरकारको छ ।
तराई/मधेस उर्वरभूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले बेवास्ता गरेको भन्दै रौतहटका किसान आन्दोलित भएका छन् । उनीहरुले बुधबार सदरमुकाम गौरमा ट्र्याक्टर जुलुस निकालेका छन् ।
निर्माण सम्पन्न भएको दुई वर्षमै सर्लाहीको हरिवन–कौडेना कालोपत्र सडक क्षतविक्षत बनेको छ । निर्माणमै लापरबाही गरिँदा सडकमा ठाउँ–ठाउँमा खाल्डाखुल्डी बनेको छ । कतै कालोपत्रेको नामोनिसान नै देखिँदैन ।
वीरगन्ज महानगरपालिका–१० स्थित बालमन्दिर भवनसहितको १० कट्ठा जग्गा कम मूल्यांकन गरी २७ वर्षका लागि लिज (भाडा) मा दिइएको पाइएको छ । जग्गा र भवनमा बोर्डिङ स्कुल सञ्चालनमा ल्याइएको छ । आर्थिक नियमावलीविपरीत मूल्यांकन नगराई नै जग्गा भाडामा दिइएको हो । पर्सामा बालमन्दिरको नाममा एक बिघा ५ कट्ठा १० धुर जग्गा छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित मत्सरी गाउँमा सोमबार मध्यरातमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । उक्त समूहले घरमूलीको नवजात शिशुको टाउकोमा पेस्तोल राखेर नगद तथा गरगहना लुटेको हो ।
भारतको दिल्लीमा उपचार गराएर फर्केका एमाले प्रदेश सांसद डिल्ली उप्रेतीले नेकपा(एस) रोजेका छन् । सोमबार काठमाडौं आइपुगेका प्रदेश सांसद उप्रेती मंगलबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर नेपका(एस) रोजेको सनाखत गरेका छन् ।
जिल्लामा पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्ग जोड्ने सहायक सडकमा बिस्कुन सुकाएको दृश्य अहिले सामान्यजस्तै छ । सडकमा असरल्ल बिस्कुन सुकाइँदा भित्री सडकमा दुर्घटनाको जोखिम बढेको छ ।
भारततर्फको नहरको संरचनामा क्षति पुगेपछि एक सातादेखि गण्डक नहरमा पानी आएको छैन । पछिल्लो साढे दुई महिनायता नहरमा क्षति पुगेको यो दोस्रो पटक हो । पर्साको जगरनाथपुर गाउँपालिकास्थित नेपाल–भारत सीमाबाट करिब ५२ किमि पश्चिमतर्फ भारतीय भूमिमा रहेको नहरमा क्षति पुगेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुबोध कुशवाहाले बताए ।