१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

शंकर आचार्य

शंकर आचार्यका लेखहरु :

लागु औषधसहित ३ पक्राउ 

दुई छुट्टाछुट्टै घटनामा लागु औषधसहित पक्राउ परेका ३ जनालाई सोमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । मंसिर १५ गते वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडक खण्डमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त जाँच टोलीले भारतबाट वीरगन्जतर्फ आउने सवारीसाधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा ना३०प ७७४६ नम्बरको स्कुटर खानतलासी गर्दा लागु औषधसहित दुई जना पक्राउ परेका हुन् । 

वीरगन्ज नाकाबाट नयाँ सवारी जाँचपास हुने क्रम बढ्यो 

नयाँ सवारी साधन आयात हुने मुलुककै प्रमुख भन्सार नाका वीरगन्जबाट यस्ता सवारी साधन जाँचपास हुने क्रम बढेको छ । आर्थिक मन्दी तथा वाणिज्य बैंकहरुले अटो लोन दिन गरेको कडाईको बावजुद यो भन्सार नाकाबाट ८ महिना यता झण्डै १ हजार नयाँ सवारी साधन जाँचपास भएर छुटेका छन् । 

ठेकेदारको ढिलाइले गहुँमा मल अभावको जोखिम

कृषि सामग्री कम्पनीको युरिया र डीएपी मल आपूर्ति गर्ने ठेक्का पाएका भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आईपीएल) र दुबईमा मुख्यालय रहेको स्विस सिंगापुर कम्पनीले मल ल्याउन ढिलाइ गरेपछि यस वर्ष गहुँ बाली सिजनमा मलको अभाव हुने जोखिम बढेको छ ।

खाद्यले वीरगन्जबाट ४२ हजार क्विन्टल धान खरिद गर्दै  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष किसानबाट ४२ हजार क्विन्टल धान खरिद गर्ने भएको छ । शाखा प्रमुख विकास कटुवालका अनुसार शाखाले केन्द्रबाट यस वर्ष ३७ हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल जिरा मसिनो गरी ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको छ । 

वीरगन्जका छठ घाटमा खचाखच ब्रतालु

तराई मधेशको आस्था र श्रद्धाको पर्व छठको ‘सझिया घाट’ को दिन आइतबार वीरगन्जस्थित छठघाटहरुमा ब्रतालुहरु खचाखच छन् । घाटहरु ब्रतालु, उनीहरुका परिवारका सदस्य र श्रद्धालुहरुको बाक्लो उपस्थितिले भरिएको छ । 

छठ : पहाड उक्लँदै, सबै समुदायमा फैलँदै

इलाम उक्लिने गौंडामा रहेको झापाको सानो सहर बुधबारेकी रमिता भट्टराई हरेक वर्ष छठ पूजामा सहभागी मात्रै नभई ब्रत नै बस्छिन् । अन्य श्रद्धालुसँगै नजिकैको हडिया खोलामा गएर सूर्यलाई अर्घ दिन्छिन् । भन्छिन्, ‘छठ पर्व हामी सबैको साझा हो जस्तो लाग्छ ।’ 

पर्सामा खैरो हेरोइनसहित १ पक्राउ 

वीरगन्ज महानगरपालिका–४ गण्डकबाट असोज २८ गते लागूऔषधसहित पक्राउ परेका एक जनालाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा परवानीपुर गाउँपालिका–४ का ३५ वर्षीय ध्रुव राम छन् । 

घडिअर्वा छठ घाटको व्यवस्थापनमा मात्र १५ लाख बढी खर्च हुने

वीरगन्जस्थित घडिअर्वा पोखरी छठ घाटको व्यवस्थापनमा मात्र यसवर्ष १५ लाख ४१ हजार रुपैयाँ खर्च गरिदैं छ । पोखरीस्थित छठ पूजा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी घाटको व्यवस्थापनको बारेमा जानकारी सार्वजनिक गरेको हो । 

नक्कली नोटसहित २ पक्राउ 

नक्कली नोटसहित पक्राउ परेका २ व्यक्तिलाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । कात्तिक २४ गते वीरगन्ज महानगर पालिका–८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटसहित पक्राउ परेका बारा कलैया उपमहानगरपालिका–३ का २५ वर्षीय उमेशकुमार र वीरगन्ज–३१ कोनियाका २४ वर्षीय ऋषिलाल पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।