महिलाहरूलाई सशक्त बनाउन र नेतृत्व तथा निर्णायक भूमिकामा पुर्याउन प्रविधिको पहुँच अपरिहार्य बनेको छ । महिलाको संघर्ष, आर्थिक, सामाजिक तथा नेतृत्वदायी भूमिकालाई उजागर गर्ने उद्देश्यले कान्तिपु...
आईटी विशेषज्ञ तिमिला यमी थापाले महिलामा प्रविधिको पहुँच बढ्दै गएको बताएकी छन् ।कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल'मा बोल्दै उनले यस्तो बताएकी हुन् ।
फुड भ्लगर कान्छीमैया भण्डारीले अरू महिलाहरुलाई पनि अघि बढाउने चाहना रहेको बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को तेस्रो सत्र 'प्रविधिमा अब्बल, जीवनमा सबल' मा कान्छीमैयाले आफू अगाडि बढ्दा अरूलाई पनि अगाडि बढाउन पाए हुन्थ्यो भन्ने लागेको बताइन् ।
एनसेल आजियाटा लिमिटेडको मानव संशाधन विभागका प्रमुख तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव महिला सशक्तीकरणका लागि प्रविधिमा पहुँच बढाउन पर्नुपर्ने बताएका छन् ।
'मिस नेपाल वर्ल्ड २०२२' प्रियंका रानी जोशीले युवाको चासो अहिले आइटीदेखि व्यवसाय, विभिन्न उपलब्धितर्फ बढ्न थालेको बताएकी छिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले आयोजना 'निर्भीक नारी'को दोस्रो सत्र 'युवा दृष्टिकोण'मा आफ्ना कुरा राख्दै उनले युवाहरूले स्वतन्त्रता खोजिरहेको बताएकी हुन् ।
बीडीओ, बीआईसी टेक्नोलोजी सहसंस्थापक प्रार्थना साखाःले युवाहरुलाई स्टार्टअप बिजनेसका लागि राज्यले करमा सहुलियत दिँदै प्रोत्साहनमूलक नीति ल्याउनुपर्ने बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रमको दोस्रो सत्रमा बोल्दै साखाःले स्टार्टअप बिजनेसका लागि पर्याप्त सरकारी सहयोग नमिलेको टिप्पणी गरिन् ।
मनोपरामर्शदाता तथा 'साइकोथेरापिस्ट' सजिना ढुंगानाले समाजमा स्थापित गलत मान्यता हटाउँदा पनि महिलालाई मानसिक स्वस्थ बनाउन सकिने बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा बोल्दै उनले पछिल्लो समय महिलाहरुले आफ्ना स्वास्थ्यसम्बन्धी समस्या स्पष्ट रुपमा राख्ने गरेको बताइन् ।
अधिवक्ता सुबेक्ष्या पोखरेल फ्रिडमले आमा बन्ने सबै महिलाहरूमा 'पोस्टपार्टम डिप्रेसन'(सुत्केरीपछि हुने डिप्रेसन)का बारेमा वकालत गर्न जरुरी रहेको बताएकी छिन् ।
प्रजनन विशेषज्ञ डा. स्वस्ति शर्माले पछिल्लो समय निसन्तान महिलाहरुले खुलेर आफ्ना कुराहरु राख्ने गरेकाे बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा बोल्दै उनले निसन्तान महिलाहरूलाई प्रयोग गरिनेे नराम्रो शब्द 'बाँझोपन' हटाउनु जरुरी रहेको बताइन् ।
डा. नवराज केसीले स्वस्थ महिला भए राष्ट्र नै सबल हुने बताएका छन् । बुधबार कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को पहिलो सत्र 'स्वस्थ महिला, सबैभन्दा पहिला' मा आफ्ना कुरा राख्दै डा. केसीले स्वस्थ महिला भए महिला मात्र पहिला नभएर राष्ट्र नै पहिला हुने बताएका हुन् ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले महिलाहरुको लडाइँ पुरुषविरुद्ध नभइ पितृसत्ताविरुद्ध भएको बताएकी छिन् । बुधबार नारी मासिकले आयोजना गरेको 'निर्भिक नारी' कार्यक्रममा बोल्दै उनले न्यायिक प्रक्रियामा आत्सम्मानको गोपनीयताको संरक्षण गरेको भएपनि प्रभावकारी र उत्तरदायी न्यायमा पहुँचको सुनिश्चितता कसरी गर्ने चुनौती रहेको बताइन् ।
हाम्रा प्राचीन धर्मग्रन्थहरुमा निर्भीक, निडर र भयरहित हुनुलाई उच्चतम कोटीमा राखिएको छ । सत्य बोध भएकाहरु मात्र यस श्रेणीमा पर्छन् । खासगरी नारीहरु यसमा पर्छन् । त्यसैले त ती ग्रन्थहरुमा पुरुषको तुलनामा महिलाको स्थान उच्च र सम्मानित छन् ।
कान्तिपुर पब्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) महेश स्वाँरले महिलाहरू आर्थिक सबलता र सामाजिक विकास तथा चौतर्फी सशक्तीकरणमा सामेल भइरहेको बताएका छन् ।