कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सन् २०१२ मा आजकै दिन : बेलायती महारानीद्वारा लन्डन ओलम्पिक्स उद्घाटन

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१२ मा आजकै दिन (जुलाई २७) मा बेलायती महारानी एलिजाबेथले लन्डनमा आयोजित ओलम्पिक्स खेल उद्घाटन गरेकी थिइन् । प्रतियोगिताको २७ औं संस्करण अगस्ट १३ सम्म चलेको थियो । 

सन् २०१२ मा आजकै दिन : बेलायती महारानीद्वारा लन्डन ओलम्पिक्स उद्घाटन

लन्डनमा आधुनिक ओलम्पिक खेल तेस्रो पटक आयोजना भएको थियो । त्यसअघि लन्डनमा १९०८ र १९४८ मा ओलम्पिक खेल भएका थिए । ओलम्पिक्सअन्तर्गतका ३६ खेलमा ३ सय ४ विधाका लागि १० हजार ५ सय ६८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये अधिकांश स्पर्धा पूर्वी लन्डनको ओलम्पिक पार्क क्षेत्रमा भएका थिए ।

प्रतियोगितामा ४६ स्वर्णसहित १०४ पदक जित्दै अमेरिका प्रथम भएको थियो । ३८ स्वर्णसहित ८८ पदक जितेको चीन दोस्रो भएको थियो । २४ स्वर्णसहित ८२ पदक जितेको रुस तेस्रो हुन सफल भएको यियो । २९ स्वर्णसहित ६५ पदक जितेको आयोजक बेलायत चौथो भएको थियो । प्रतियोगितामा ६८ देशले पदक जितेका थिए ।

पौडीबाज माइकल फेल्प्सले आफ्नो अन्तिम ओलम्पिक्समा ४ स्वर्ण (दुई व्यक्तिगत गरी) कुल ६ पदक जितेका थिए । फेल्प्सले ओलम्पिकमा १८ स्वर्णसहित २२ पदक जितेका छन् । त्यस्तै २०१२ को ओलम्पिकमा धावक युसेन बोल्टले तीन इभेन्टमा स्वर्ण जितेका थिए । त्यस्तै, चीनकी १६ वर्षीया पौडीबाज यीले महिला २०० मिटर र ४०० मिटर इन्डिभिजुअल मेड्लीमा विश्व कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।


प्रकाशित : श्रावण १२, २०८१ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×