कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

वायु प्रदूषणसम्बन्धी नीति बनाउन ढिला भइसक्यो : उपसभामुख राना मगर

भाद्र २२, २०८१
वायु प्रदूषणसम्बन्धी नीति बनाउन ढिला भइसक्यो : उपसभामुख राना मगर

काठमाडौँ — उपसभामुख इन्दिरा रानामगरले वायु प्रदूषणसम्बन्धी नीति बनाएर कार्यान्वयनमा लैजान ढिला भइसकेको बताएकी छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उपसभामुख रानामगरले खुला फोरममार्फत् सांसदहरुसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।

जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सो बारेमा बुलन्द आवाज उठाउनुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरुलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ ? त्यसकाबारेमा पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरुको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरु बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने पनि धुँवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ ।'

उनले वायु प्रदूषणका कारण धेरै महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरूको स्वास्थ्यमा असर परिरहेको र त्यहीकारण मृत्युसमेत निम्तिने गरेको बताइन् ।

प्रकाशित : भाद्र २२, २०८१ १९:०५
×