कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

वायु प्रदुषण न्यूनीकरणमा सरकार संवेदनशील : मन्त्री शाही 

भाद्र १४, २०८१
वायु प्रदुषण न्यूनीकरणमा सरकार संवेदनशील : मन्त्री शाही 

काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका छन् । ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्वन्धी एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताए ।

जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रणमा मन्त्रालयको चासो र सरोकार रहेको मन्त्री शाहीको भनाइ छ । जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्री ठकुरीले बताए ।

मन्त्री शाहीले वायु प्रदूषण न्यूनीकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि सधै तत्पर रहेको स्पष्ट पारे । अबको समय वायु प्रदूषण नियन्त्रणमा जुट्नुको विकल्प नभएको मन्त्री शाहीले स्पष्ट पारे ।

कार्यक्रममा वातावरणविद् भूषण तुलाधरले वायु प्रदूषणले नेपालका बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारीले जलवायु परिवर्तनले मानव समाजमा पार्ने असर र नियन्त्रणमा गरिएका सरकारी पहलका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा काठमार्डौ महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले वायु प्रदुषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभवाकारी ढंगबाट गरिरहेको बताइन् । स्वच्छ काठमाडौं निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित : भाद्र १४, २०८१ २०:१६
x
×