आइतबार बिहान ७ नबज्दै ९५ वर्षीय हिमालयशमशेर राणा संसारबाट बिदा भए । उमेरको उत्तरार्द्धमा पनि सक्रिय जीवन बिताएका हिमालय राणाकाल, २००७ को क्रान्तिपछि हुर्किँदै गरेको प्रजान्तन्त्रको संघर्षदेखि पञ्चायतको अँध्यारो र त्यसपछिका कैयन् महत्त्वपूर्ण राजनीतिक आरोह अवरोहको साक्षी थिए । पहिलो गर्भनरदेखि पहिलो अर्थसचिव भएका राणाले नेपाली अर्थतन्त्रको जग बसाल्न आर्थिक र नीतिगत कामको सुरूआत गरेर महत्त्वपूर्ण योगदान दिएका छन् ।
बेल्जियमको गेन्ट विश्वविद्यालयबाट फोटोनिक्समा ‘पोस्ट डक्टरल’ गरेपछि देश फर्किएका असिम ढकालका चुनौतीका दिन बल्ल सुरु भएका थिए । युरोप तथा अमेरिकामा उनका लागि अवसरका ढोकाहरू खुला थिए । त्यसलाई त्यागेर फर्किएका उनका सामु देशमा भने केही थिएन । विसं. २०७२ कुरा हो, भूकम्पले देश तहसनहस थियो । अनि, जनजीवन अव्यवस्थित । पोस्ट डक्टरले गरे पनि आफ्नो क्षेत्रमा उनी शून्य जस्तै थिए । काम के र कहाँबाट सुरु गर्ने भन्ने अन्योलमा थिए उनी ।
नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि उम्मेदवारी नदिने भएको छ । आइतबार मनोनयन दर्ता गर्नुअघि पार्टीबाट कसलाई उपाध्यक्षका लागि उम्मेदवार बनाउने भन्ने विषयमा धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टीबाट राष्ट्रिय सभाको उपाध्यक्षमा कसैलाई नउठाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
राष्ट्रिय सभा उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।
करिब चार वर्षअघि छिमेकी जिल्ला सिरहामा बस्ने छोरीको घर जान्छु भनेर हिँडेकी थिइन्, हरिपुर नगरपालिका–६ सर्लाहीकी जन्नत खातुन लहेरी (६२) । दुर्घटनाका कारण टाउकोमा लागेको चोटले मानसिक रूपमा विक्षिप्त उनलाई परिवारका सदस्यले धेरै खोजे । तर, अत्तोपत्तो लागेन । दुई महिनाअघि भारतको असमबाट जब फोन आयो, तब सिल्चर जेलमा रहेको परिवारले थाहा पाए ।
तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पुनः नागरिकता लिन कानुनबमोजिम प्रक्रिया नपुर्याएको भन्दै सर्वोच्च अदालतले माघ १३ मा सांसद पदबाट मुक्त गर्यो । त्यसपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो । त्यसअघिका कामले नै उनको ओज घटाइसकेको थियो ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।
कोभिड महामारीको दोस्रो लहर चलिरहँदा पोखराका अस्पतालमा अक्सिजनको चरम अभाव भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ०७८ जेठ १४ मा एकैदिन ६ जना कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको हातमा रहेको बताएका छन् ।
संघीयताको संस्थागत विकासका लागि एकीकृत राज्य सञ्चालनको सोच र दृष्टिकोण बदल्नुपर्ने सरोकारवालाले बताएका छन् । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ विषयक कार्यक्रमको ‘संघीयता संस्थागत गर्ने समय’ सत्रमा बोल्ने अधिकांश वक्ताले संघीयताको पाँच वर्ष पूरा हुँदा पनि प्रदेशको औचित्य पुष्टि हुन नसकेको बताएका हुन् ।
सामाजिक सुरक्षा नागरिकको आधारभूत अधिकार भएकाले त्यसलाई पूर्ति गर्नु राज्यको दायित्व हो । नेपालले त्यसका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आइरहेको छ । तर, यो रकमले नागरिकबीचको असमानता घटाउन नसकेको र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर तथा नागरिकता नभएका परिवारका बालबालिकाले कुनै लाभ लिन नसकेको एक अध्ययनले देखाएको छ ।
लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासका लागि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । निर्माण सुरु गर्नुपूर्व नै सरकारी निकायबीच समन्वय नभएकाले उडान हुन नसकेको पनि उनीहरूले टिप्पणी गरेका छन् ।
पुस्तौंदेखि जमिनदारकहाँ रगतपसिना बगाएका मुसहर समुदायलाई ‘भूमिपुत्र’ मानिन्छ । माटो काट्नु, टालामा बोक्नु र भूमिमै उब्जनीका लागि पौंठेजोरी खेल्नु उनीहरूको पुर्ख्यौली पेसा हो । मधेसमा कृषि मजदुरीको ठूलो हिस्सा दलित मुसहर समुदायकै छ । हलो जोत्ने, बाली लगाउनेदेखि फसल भित्र्याउनेसम्मका काम मुसहर समुदायले नै धान्छन् । तर, तिनै मुसहरहरू पुस्तौंदेखि जमिनबाट वञ्चित छन् ।