सनाखत हुनेमा रोशी–७ का ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी–६ बस्ने ६० वर्षीया प्यारीमाया तामाङ र दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी (नेपाली सेनाका कर्मचारी) रहेको कार्कीले जानकारी दिए ।
काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो करिब २ बजे बनेपाबाट रोशी गाउँपालिका–६ स्थित सुघुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस बुच्चाकोटमा करिब ३ सय मिटर तल खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । मृत्यु हुनेमा ४ महिला र ४ पुरुष छन् । ४ जनाको सनाखत भएको उनले बताए ।
सनाखत हुनेमा रोशी–७ का ३४ वर्षीया फूलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय इन्द्रबहादुर झाँक्री, रोशी–६ बस्ने ६० वर्षीया प्यारीमाया तामाङ र दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी (नेपाली सेनाका कर्मचारी) रहेको कार्कीले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानमा दुर्घटना भएको बस अलि पुरानो जस्तो देखिन्छ, सोही कारणबाट दुर्घटना भएको हो कि भन्ने अनुमान गरिएको छ,’ उनले भने । बसमा २४ जना सवार थिए । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका–२ स्थित बुच्चाकोटमा शुक्रबार बस दुर्घटना भएपछि उद्धार गर्दै सुरक्षाकर्मी ।
