१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

ज्योति श्रेष्ठ

ज्योति श्रेष्ठका लेखहरु :

भूकम्पपीडितका लागि देउसीभैलोबाट संकलित रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

भूकम्पपीडितहरूका लागि देउसीभैलोबाट संकलित रकम प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको छ ।

धुलिखेलको बानिँयाछापमा आगलागी, जलेर एक घर नष्ट 

काभ्रेको धुलिखेल नगरपालिक वडा नम्बर–११ स्थित बानियाँछापका स्थानीय  बलराम धितालको घरमा मंगलबार बिहान आगलागी  भएको छ ।

जावलाखेलले जित्यो काभ्रे ह्विलचेयर बास्केटबल 

काभ्रेको पनौती नगरपालिका–५ स्थित काठमाडौं विश्वविद्यालयको हाइस्कुलमा शनिबार प्रथम काभ्रे पुरुष ह्विलचेयर बास्केटबल प्रतियोगितामा जावलाखेलले उपाधि जितेको छ । 

बेथानचोकमा रोबोटिक्स प्रदर्शनी

जिल्लाको बेथानचोक गाउँपालिकामा शुक्रबार रोबोटिक्स प्रदर्शनी गरिएको छ । गाउँपालिकाले संचालन गरेको रोबोटिक्ससम्बन्धी ३ दिनको तालिममा सहभागी भएका विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रविधि प्रयोग गरेर अटोमेटिक कार, डोजर, स्मार्ट डस्ट्विन, सेन्सर डस्टबिन, सेन्सर वाटर सप्लाई लगायतका सामग्री निर्माण गरी प्रर्दशन गरेका थिए । 

विश्वविद्यालयको नेतृत्व चयन र प्राज्ञिक कार्यक्रम स्वार्थबिना सञ्चालन हुनुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयले नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम निष्पक्ष रूपमा सञ्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं विश्वविद्यालयमा आयोजित राष्ट्रिय उपकुलपति सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयले नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम कुनै निहीत र स्वार्थयुक्त रूपमा सञ्चालन हुन नहुने बताएका हुन् । 

काभ्रेमा कौडा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेले ४ जनालाई पक्राउ गरेको छ । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर–८ स्थित भुम्लुटारमा मंसिर ७ गते राति ९ः१५ बजे कौडा खेलिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

देउसीको रकम भूकम्पपीडितलाई

काभ्रेको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोटको जनक माध्यमिक विद्यालयले देउसी–भैली खेलेर संकलन गरेको रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई दिने निर्णय गरेको छ ।

सेनेटरी प्याड बनाउँदै किशोरकिशोरी

सुरक्षित महिनावारीका लागि काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडोलका किशोरकिशोरीले ‘सानो पाइला’ कार्यक्रम सुरु गरेका छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत उनीहरूले कार्यक्रमअन्तर्गत पुनःप्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड उत्पादन थालेका हुन् ।

संस्कृतिको जर्गेना गर्न पनौती सम्पदा र्‍याली

संस्कृतिको जर्गेना गर्न काभ्रेको पनौतीमा भिन्तुना पनौती सम्पदा र्‍याली कार्यक्रम सञ्चालन गरिएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समूहद्वारा नेपाल संवत ११४४ को अवसरमा भिन्तुना पनौती सम्पदा र्‍याली आयोजना गरिएको हो ।