अल्पमतको प्रधानमन्त्री कोइरालालाई दलहरुले विश्वासको मत दिएका थिए । तर ती दलहरु सत्तामा गएका थिएनन् ।
असार ३२, २०८३
महिलालाई पुरुषसरह अंशको माग गर्दै १८ जना महिला नेतृत्वमा संसद्को दर्शकदीर्घामा नाराबाजी भएपछि सभामुखले विशेषाधिकार समितिलाई छानबिनको जिम्मा दिएका थिए ।
असार ३१, २०८३
कांग्रेसमा महाकाली सन्धिको विरोध गर्ने आचार्य एक्ली नेता थिइन् । उक्त सन्धि कांग्रेसकै प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको संयुक्त सरकारका बेला संसद्बाट अनुमोदन गरिएको थियो ।
असार २८, २०८३
सर्वोच्चले त्यो बेला योनी र पाठेघर जाँचलाई संविधानविपरीत भन्दै काठमाडौं जिल्ला अदालतले दिएको आदेश कार्यान्वयन नगर्न भनेको थियो ।
असार २७, २०८३
राजधानीको केन्द्रमै उच्च तहका व्यक्तिको हत्या भएको विषयले सडक र संसद् तातेको थियो । कसले र किन गर्यो सांसदको हत्या ? सबैको मुखमा प्रश्न मात्र थिएन एक प्रकारले मनमा त्रास पनि उत्पन्न भएको थियो ।
असार २६, २०८३
सांसद, कर्मचारी र पदाधिकारीलाई गाडी खरिदमा दिइएको भन्सार छुटका कारण मुलुकले झण्डै ५५ करोड राजस्व गुमाएको तथ्य सार्वजनिक भएको छ।
असार २५, २०८३
२६ असार २०५५ मा सिंहदबारस्थित संसद्को संयुक्त सदनमा प्रस्तुत बजेटको आकार अर्थमन्त्री स्वर्णिम वाग्लेले गत जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षकाे बजेटभन्दा २० खर्ब ५४ अर्ब ६४ करोड ६६ लाख ६३ हजार कम थियो ।
असार २४, २०८३
सन् १९९८ को विश्वकपका प्रबल दावेदार राष्ट्रहरू जर्मनी र अर्जेन्टिनालाई भनिन्थ्यो । तर ती देशहरू क्वाटर फाइलनबाटै बाहिरिएका थिए ।
असार २३, २०८३
भारतले सुपुर्दगीका लागि अनुरोध गरेका बेला सांसद मिर्जा दिलसाद बेगको १४ असार २०५५ मा काठमाडौंको सिफलमा गोली प्रहार गरी हत्या भएको थियो ।
असार २२, २०८३
मेलम्ची खानेपानी आयोजना सुरु हुनु अगावै सरकारी ढिलासुस्ती, अनियमितता र पारदर्शिताको अभावबारे दातृ संस्थाहरूले असन्तुष्टि जनाएका थिए, जसका कारण २२ वर्षसम्म निरन्तर विवाद र ढिलाइ भएको थियो ।
असार २१, २०८३
बेलाबेलामा राजनीतिक रुपमा राष्ट्रिय मुद्दा बन्दै आएको कालापानीको सन्दर्भ अहिलेसम्म जस्ताकोतस्तै रहेको छ ।
असार २०, २०८३
अचेल भने हुम्लीले किनेर पनि खान नपाएको समाचार प्रायः सुनिन छाडेको छ । तर उतिबेलाको हुम्लीले खाद्यान्न अभावमा भरपेट खान नपाएको कथाहरु भने कहालीलाग्दो इतिहास जस्तै पढ्न पाइन्छ ।
असार १९, २०८३
२०५१ कात्तिकदेखि २०५४ चैतसम्म ५ प्रधानमन्त्रीका पालामा १२१ जना सांसदले मन्त्री बन्ने अवसर पाए, जसमध्ये धेरै जनाले दोहोर्याएर पद सम्हाले ।
असार १८, २०८३
साढे ३ वर्षमा ५ प्रधानमन्त्री फेरिँदा कांग्रेस, राप्रपा र एमालेबीच सांसद किनबेच, अपहरण र आर्थिक प्रलोभनको घटना सार्वजनिक भएको थियो ।
असार १७, २०८३
शैलजा अचार्यले निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद गर्ने ऐतिहासिक निर्णय गरी निजी लगानीकर्तालाई आकर्षित गरेकी थिइन्, जसको प्रभाव आज देखिएको छ।
असार १६, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष प्रहरीजस्ता संस्थालाई बलियो बनाएर भ्रष्टाचार नियन्त्रणका लागि ठोस प्रयास गर्नुपर्ने आवाज उठिनै रहेको थियो र अहिले पनि त्यही विषयले प्राथमिकता पाइरहेको छ ।
असार १४, २०८३
गिरिजाप्रसादले मुलुकमा भ्रष्टाचार र अनियमितता रोकेर सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर प्रतिपक्षी दलहरुको समेत सहमतिमा प्रधानमन्त्री बनेका थिए ।
असार १२, २०८३
गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले देउवा सरकारको निर्णय उल्ट्याउँदै सांसद र पदाधिकारीलाई दिइएको भन्सार छुटमा गाडी ल्याउने सुविधा खारेज गरेको हो ।
असार १०, २०८३
कमिसन व्यवसायलाई पारदर्शी बनाउन संसद्ले निकै अघि संकल्प प्रस्ताव पारित गरेको प्रसंग जोड्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले यसको कार्यान्वयन हुने प्रतिबद्धता जनाएका थिए ।
असार ९, २०८३
२०५१ को मध्यावधि निर्वाचनपछि एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारलाई नौ महिनामा ढालेको रिस पनि गिरिजाप्रसादमाथि थपिएको थियो ।
असार ७, २०८३
सरकारमा सहभागी हुने/नहुने विषयमा प्रतिपक्षी दलहरुमा सहमति हुन नसकेपछि राजाले २०५४ चैत ३० मा संसद्मा सबैभन्दा ठूलो दलका नेता गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
असार ५, २०८३
तीन वर्षमा चार प्रधानमन्त्री फेरिँदा कांग्रेस, एमाले र राप्रपामा लगातार विभाजन र सत्ता समीकरणको अनिश्चितता देखिएको थियो ।
असार २, २०८३
तीन दशकअघिको संसदीय इतिहासमा मन्त्री सांसदहरूले औषधि उपचारको बहानामा अनियमित बिल पेस गरी ठूलो रकम राज्य कोषबाट निकालेका थिए ।
जेष्ठ ३१, २०८३
संसद्मा सांसदले निर्वाह गर्ने भूमिका पहिले र अहिलेको अन्तर के हुन सक्ला ? जिज्ञासा स्वभाविक हुन सक्छ ।
जेष्ठ २९, २०८३
मालेले ०५४ फागुन २९ मा नेकपा मालेको अध्यक्षमा सहाना प्रधान र महासचिवमा वामदेव गौतमसहितको केन्द्रीय समिति चयन गरिएको थियो ।
जेष्ठ २८, २०८३
संसदीय निर्वाचनमा प्राप्त सिट संख्याका आधारमा मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले विभाजन हुँदा राष्ट्रिय राजनीतिमा निकै ठूलो हलचल भएको थियो । विभिन्न दलका नेताहरूले यो विभाजनलाई दुःखद भनेका थिए ।
जेष्ठ २७, २०८३
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘पजेरो संस्कृति’ भित्र्याउने नेताका रूपमा चित्रण गरिन्छ । त्यतिबेला आर्थिक हैसियत अत्यन्त कम भएका सांसदहरूले आफ्नो नाममा महँगा गाडी झिकाउने तर पैसा भने साहु–महाजनबाट लिने गरेका थिए । कतिपयले गाडी नै भाडामा लगाएका थिए ।
जेष्ठ २६, २०८३
प्रतिपक्षीको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री सूर्यबहादुर थापाले भनेका थिए, ‘दुर्भाग्यको कुरा राजीनामा भन्ने शब्दसँग सूर्यबहादुरको जम्काभेट कहिल्यै नहोलाजस्तो छ ।’
जेष्ठ २५, २०८३
बहुमत न्यायाधीशहरूले सर्वोच्चले २०५२ भदौ १२ मा गरेको फैसलाका आधारमा विशेष अधिवेशन बोलाउन उचित हुने राय दिएका थिए ।
जेष्ठ २४, २०८३
पार्टीमा अल्पमत र बहुमत पक्षको टकरावका बीच भएको मतदानमा गौतम पक्ष अत्यधिक बहुमतले पराजित भएको थियो । महाधिवेशनमा मतदान प्रक्रियालाई लिएर समेत मतदान भएको थियो । उक्त मतदानमा बहुमत पक्षले ५ सय ८७ र फरक मतले २ सय ३७ मत प्राप्त गरेको थियो ।