सन् २०१५ को जुन महिनातिर बेइजिङको उत्तरपूर्वी एक चिनियाँको घरमा पुग्दा घरधनीले मेरो चीन यात्राका विषयमा अनेकन तानाबाना बुनेपछि मुस्कुराउँदै भने, ‘चीन अब पछाडि फर्किनेवाला छैन ।’ एकजना सर्वसाधारणका मुखबाट यस्तो कुरा सुनेपछि लाग्यो, संसारका हरेक व्यक्ति रातोदिन मेहनतका साथ आफ्नो अँध्यारो विगतलाई बिर्सेर उन्नतिको नयाँ खुड्किलो चढ्न चाहन्छन्। हरेक राष्ट्रले अहोरात्र खटिएर देशलाई अब्बल बनाउन चाहन्छन् र विश्वमञ्चमा आत्मगौरवका साथ उभिन चाहन्छन् ।
पहिले चीनको बारेमा सोच्दा गर्दा झट्ट मस्तिष्कमा आउने कुराहरु हुन्- मार्सल आर्ट (कुंग फू), ग्रेटवाल, खाना, बेइजिङ ओपेरा, अनि पाण्डा ।अहिले भने त्योबाहेक चीनको तीव्र आर्थिक विकास, गरिबी न्यूनिकरण, चिनियाँ नेतृत्व र यसले अन्तराष्ट्रियस्तरमा बनाएको सकारात्मक छवि नै हो ।
राष्ट्रिय जनगणना २०७८ले २० देखि २९ वर्षको उमेर समूहको जनसंख्या १७ दशमलव ९ प्रतिशत रहेको देखाएको छ। उत्पादनशील उमेर समूहमा रहेको यति ठूलो जनसंख्या पढाइ वा काम जेसुकै भिसामा होस् विदेश पलायन हुन चाहने र त्यसलाई समाज र घरपरिवारको मनोविज्ञानले समेत यसैगरी मलजल गरिरहने हो भने भविष्यमा हुनसक्ने अनेक सामाजिक सांस्कृतिक समस्यासँगै देखा पर्नसक्ने जनसांख्यिक असन्तुलनप्रति के सरकार जानकार छ?
२०६२ सालले बिदाईको हात हल्लाउँदै थियो । देश स्वतन्त्रताको आन्दोलनले रापिएको र तातिएको थियो । म बीबीएस प्रथम वर्षको परीक्षा सकेर दोस्रो वर्षको पढाई र कामको खोजीमा केही महिनादेखि काठमाडौंमा थिए । खासै राम्रो जागिर पाइरहेको थिइनँ ।
गत पुस ८ गते अछाम सदरमुकाम मंगलसेनबाट करिब १ सय किलोमिटरको दूरीमा रहेको जिल्लाको पूर्वी क्षेत्र तुर्माखाँद गाउँपालिकामा म रिर्पोटिङको सिलसिलामा पुगेकी थिएँ ।
‘मामु यो हजुरको लागि हो, अब ओढ्नुस् । आजदेखि हजुरले पनि रातो कपडा ओढ्न र लगाउन मिल्छ । ल यता फर्कनुस्, म अबिर पनि लाइदिन्छु ।’ १२ वर्षिय विवेक भट्टराईले यसो भनिरहँदा त्यो सार्वजनिक मञ्चमा सामाजिक कार्यकर्ता, शिक्षक, प्राध्यापक, धार्मिक गुरु, वकिल, राजनैतिक नेता–कार्यकर्ता, महिला समूह, किसान, व्यापारी, कवि, लेखक, कर्मचारी, विद्यार्थी, अभिभावक, पत्रकार र समुदायका अन्य प्रतिनिधिहरुको झण्डै पाँच हजारको उपस्थिति थियो ।