२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०
सिमलताल दुर्घटना

सिमलताल दुर्घटनाको महिना दिन : जारी छ खोजी कार्य

श्रावण २८, २०८१

पहिरोमा परेर दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बगेको आज सोमबार महिना दिन पूरा भएको छ । नदीमा हराइरहेका दुईवटै बस र फेला नपरेका यात्रुहरूको खोजी कार्य अझै पनि जारी नै छ । त्रिशूलीम...

चुम्बकले खोज्दा पनि भेटिएन बस

भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता दुईवटा बस शनिबार १५ औं दिनमा पनि भेटिएनन् । खोजीका लागि आएको भारतीय प्राविधिक टोलीले चुम्बक प्रयोग गरे पनि बसको कुनै पत्तो लागेन ।

बस खोज्न चुम्बक, लागेन अझै पत्तो

सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा हराइरहेका दुई बस खोज्न भारतीय प्राविधिक टोलीले चुम्बक प्रयोग गरेर खोजी कार्य जारी राखेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले ४० किलोको चुम्बक प्रयोग गरेर शनिबारदेखि बस खोजी कार्य सुरु गरेको जानकारी दिए ।

सिमलताल दुर्घटना : आज सशस्त्र प्रहरी बलले मात्र खोजी कार्य गर्दै

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले आज सोनार क्यामेराले जुटाएका संकेतहरू विश्लेषण गर्ने जानकारी दिए । 'फिल्डमा आज भारतीयहरू जाँदैनन् । फिल्डको काम आज एपीएफले जारी राखेको छ,' प्रमुख जिल्ला अधिकारी यादवले भने ।

बस दुर्घटनाको १२ दिनसम्म पनि भेटिएनन् ४३ यात्रु

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैरामा कल्भर्ट फुटाएर आएको लेदोसहितको पहिरोमा बगेर गतअसार २८ को बिहानै त्रिशूली नदीमा दुई बस र त्यसमा सवार चालक, यात्रु बेपत्ता भएका थिए ।

भारतीय उद्धार टोली सिमलताल घुमाउने क्षेत्रमा केन्द्रित

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको कल्भर्ट नाघेर आएको लेदोमा बगी सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको खोजीमा भारतबाट आएको प्राविधिक टोलीले आफ्नो खोजी कार्यलाई दुर्घटनास्थलको तीन किलोमिटर क्षेत्रमा केन्द्रित गरेको छ । भारतीय टोली आइतबारदेखि खोजीमा जुटेको हो ।

त्रिशूलीमा बेपत्ता बस र यात्रु खाेज्न चितवन आइपुग्यो भारतीय उद्धार टोली

नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सिमलताल सिँदुरेगैराकाे लेदाे पहिराेमा बगेर सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र त्यसमा रहेका यात्रुहरूकाे खाेजीका लागि भारतीय उद्वार टाेली चितवन आइपुगेकाे छ ।

सिमलताल दुर्घटना : नारायणी किनारमा थप दुई वटा शव फेला

चितवनको समलतालमा पहिरोका कारण त्रिशूली खसेर बेपत्ता भएका बस र यात्रुको खोजीअन्तर्गत शुक्रबार साँझ थप दुई वटा शव फेला परेका छन् । नारायणी नदीको भारत र नेपालतर्फको  किनारमा शुक्रबार साँझ थप दुई वटा शव फेला परेका हुन् ।

सिमलताल दुर्घटना : भारतको बगाहामा भेटिएको शव एन्जल बसका मालिकको भएको पुष्टि

त्रिवेणी भन्दा ४० किलोमिटर दक्षिणमा शुक्रबार बिहान फेला परेको शव एन्जेल बसका मालिकको भएको पुष्टि भएको छ । ८ दिन अघि चितवनको सिमलतालबाट बगेको एन्जेल बसका मालिक माइला लामिछाने केसी हुन् । उनी भक्तपुर र मकवानपुर निवासी हुन् । दुबै तर्फ घर छ ।

सिमलताल दुर्घटना : दुई शव भारतको चम्पारणमा फेला

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।

सिमलताल दुर्घटनाको एक साता : त्रिशूलीमा हराएका दुई बस र ४८ यात्रुको अवस्था अझै अज्ञात

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको पहिरोमा परेर दुईवटा यात्रु बस त्रिशूली नदीमा बगेको आज शुक्रबार एक हप्ता पूरा भएको छ ।

सिमलताल दुर्घटना : शव खोज्न हात्ती र माझी परिचालन

६ दिनअघि चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न पूर्वी नवलपरासीमा दुई वटा हात्ती र माझीसहितको टिम परिचालन गरिएको छ ।

सिमलताल दुर्घटना : सिँदुरेगैरामा कहाँबाट आयो बस बगाउने लेदो ?

नारायणगढ–मुग्लिन सडकमा पहिरो आएको सुन्दा धेरैलाई सडक बिस्तारका बेला काटेको पाखाबाटै खसेको लाग्छ । शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परेर सडकबाट खसेका दुई वटा बस त्रिशूलीमै बगेर बेपत्ता भएपछि धेरैको मनमा सडक बिस्तारका बेला काटेको पहाड गाडीमाथि झरेको होला भन्ने छ ।

हराएका बस र यात्रु खोज्न ‘सोनार’ क्यामरा

पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामरा’ प्रयोग गरेर त्रिशूलीमा शुक्रबारदेखि हराइरहेका दुई बससँगै यात्रुको खोजी सुरु भएको छ । सोमबारदेखि प्रयोगमा ल्याइएको ‘सोनार’ उच्च क्षमताको भएको सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थपन तालिम शिक्षालयका सहसमादेशक एसपी जनक पुरीले बताए ।

सिमलताल दुर्घटनाले देखाएको उद्धार संयन्त्रको ऐना

चितवनको सिमलताल क्षेत्र यति बेला आँसु रित्तिएकाहरूको कोलाहल र त्रिशूली नदीको बहावले अशान्त छ । शुक्रबार बिहान साढे ३ बजेतिर पहिरोले दुईवटा बस बगाएपछि बेपत्ता भएका यात्रुका आफन्त त्यस क्षेत्रमा पुगेर पीडा साटासाट गरिरहेका छन्, बिलौना गरिरहेका छन् । गाडीसँगै बेपत्ता भएका आफन्तजन जीवितै भेटिएलान् भन्ने आशा धेरैलाई छैन तर शव नै भए पनि छिटो भेटियोस् भन्ने अपेक्षा छ । सरकारको खोजीशैली भने उनीहरूलाई चित्त बुझेको छैन । 

सिमलताल दुर्घटनामा बेपत्तामध्ये १३ जनाको शव भेटियो

 चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएका यात्रुमध्ये १३ जनाको शव भेटिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा एउटा शव भेटिएको हो ।

सिमलताल दुर्घटनामा मृतकका परिवारलाई मधेश सरकारले राहत दिने

मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने घाेषणा गरेकाे छ ।

सिमलताल दुर्घटना : वैवाहिक समारोहको फोटो खिच्न काठमाडौं हिँडेका थिए विकास र सुदीप

एकै उमेरका भएर पनि होला चितवन माडीका विकास परियार र पहिटानी पदमपोखरीका सुदीप बिक मिल्ने साथी थिए । उमेर दुवैको २२ वर्ष थियो । उमेर मात्रै हैन पेसा पनि एकै थियो । दुवैको फोटो खिच्ने काम । काठमाडौंमा हुने एउटा वैवाहिक समारोहको फोटो खिच्न उनीहरू बिहीबार राति वीरगन्जबाट आएको बस चढे । तर यात्रा सुरु भएको केहीबेरमै उनीहरू चढेको बस पहिरोमा परेर त्रिशूलीमा हरायो ।

गण्डक ब्यारेजबाट एक महिलाको शव निकालियो

पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको १ नम्बर ढोकाबाट एक महिलाको शव निकालिएको छ । ६ नम्बर ढोकामा अड्किएको  शव निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।