कोपिला
माघ १२, २०७६

जरायोलाई जुत्ता !

हिउँद मासको बेला । जताततै हिउँ फुस्फुसाइरहेको थियो । हृदयपुर उपत्यकाका केटाकेटी स्कुल बिदामा रमाइरहेका थिए । कोही हिउँमा चिप्लेटी खेलिरहेका हुन्थे त कोही लुकामारी । कोहीचाहिँ हिउँलाई डल्लो पार्दै एक अर्कालाई हिर्काउन पाउँदा दंग पर्थे । धेरैजसो हिउँमा विभिन्न किसिमका आकृति बनाउँथे । हिउँ मन नपर्नेहरू भने आगो तापेर बसेका हुन्थे कि त न्यानो सिरकभित्र घुस्रिएका हुन्थे ।

अनि मैले ठूलो प्लेन चढो

राजधानीको सिनामंगलमा रोडनजिकै रोकेर राखेको ठूलो प्लेन देखेर एक दिन मैले सोधेँ, ‘त्यो प्लेन त्यहाँ किन राखेको पापा ?’ उहाँले त्यो म्युजियम हो, एक दिन तिमीलाई घुमाउँछु भन्नुभयो । यसपालि जाडो बिदामा बाबाले मलाई त्यो म्युजियम हेर्न लैजानुभयो । माघ २ गतेको दिन थियो, घाम लागेको थिएन । सिमसिम पानी पर्‍यो, जाडो अलि बढी नै थियो ।

हिउँ किन सेतो हुन्छ ?

हिउँदका महिना धेरै नै जाडो हुन्छ । शरीरलाई न्यानो हुने किसिमका बाक्लो लुगा लगाइन्छ । जाडोमा आगो वा हिटरनजिक गएर होसियासीपूर्वक शरीरलाई तताउँछौं, न्यानो राख्छौं । सुपहरू खान्छौं ।

माघ ५, २०७६

दगुर् कुइरो दगुर्

राजु, विद्या र साकार स्कुल जान घरबाट निस्किए । घरसँगैको चोक छिचोलेर मूलबाटोमा पुगे । त्यहाँ थुप्रै मानिस ठुल्ठूलो स्वरमा कराउँदै गरेका थिए । त्यो देखेर उनीहरूलाई अचम्म लाग्यो । उनीहरू जहाँको तहीँ उभिए ।

पहिलो उडान

ओथारो बस्न गुँड बनाउँदै गरेका सारसको जोडी लुम्बिनीको ‘भियतनाम बिहार’ नजिकै भेटिए । सारस विश्वमै दुर्लभ पक्षीमा सूचीकृत चरा हो । उडन सक्नेमध्ये सबैभन्दा अग्लो चरा पनि हो । लुम्बिनी र आसपास क्षेत्रमा सारस देख्न सकिन्छ । तर यसले अण्डा पारेको, ओथारो बसेको र बच्चा हुर्काएको देख्न/हेर्न पाउनु दुर्लभ नै हो ।