भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कानुनी जटिलताकाकारण समयमै निर्माणको काम सक्न समस्या हुने गरेको बताएका छन् । आइतबार सोसाईटि अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्सको ३३औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो अवस्थामा छिटो आयोजना सम्पन्न गर्न समस्या हुने गरेको बताए ।