जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ बुम्रामाडिचौरको हिमा नदी माथिको ट्रस पुल बाढीले क्षति पुर्याउँदा आवतजावत ठप्प भएको छ । पुल बगाएपछि निकै समस्या भएको स्थानीयले बताएका छन् ।...
पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा बिहीबार बिहान साढे ८ बजे सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ । म्याग्दे-६ मौरीबजारमा पहिरो खस्दा दमौली-खैरेनीटार सडक खण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
पहिरो झरेका कारण सोमबार साँझ ८ बजेदेखि ठप्प भएको नारायणगढ–मुग्लिन सडक आज मंगलबार मध्याह्नपछि एकतर्फी रूपमा खुल्न सक्ने भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ । त्यसैले वैकल्पिक बाटो अपनाउन कार्यालयले अनुरोध गरेको छ ।
पहिरोले केहीबेर थुनिएको काग खोलाको बाढी बस्ती पस्दा कागबेनीमा घर, होटल, प्रहरीचौकी, पुलसहितका भौतिक संरचना क्षतविक्षत बनाएको छ । आइतबार साँझ ग्रेग्रानसहित आएको बाढीले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा प्रहरीचौकी रहेको भवनसहित २९ घर–होटल बगाएको छ भने १३ घरमा आंशिक क्षति पुगेको छ ।
केही दिनदेखिको वर्षापछि बाढीपहिरो जाँदा हिमाली जिल्ला मनाङ पुग्ने बेंसीसहर–चामे सडक ठाउँठाउँमा क्षतविक्षत भएको छ । बाढीपहिरोले सडक भत्काउनुका साथै बगाउँदा सडक अवरुद्ध हुने गरेको छ । लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर सडकमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमा बढी समस्या देखिएको छ ।
अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग आठ घन्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा खसेको पहिरो पन्छाएपछि राजमार्गमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको दोभान प्रहरी चौकीले जनाएको छ ।
मैवाखोलाको कटानमा परेका ताप्लेजुङको दोभान बजारका ६ वटा घर र एउटा पसलको सामान अन्यत्र सारिएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङका वडाध्यक्ष गजेन्द्र नाल्वुका अनुसार खोलाले घर भत्काउने भएपछि सामान सारिएको हो ।
लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ ।
अविरल वर्षासँगै खसेको पहिरोले आइतबार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, भूतखोला दोभान क्षेत्रमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो आइतबार राति पौने १२ बजे खसेको हो ।
मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घर/होटल, प्रहरी चौकी, जोमसाोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।
शनिबारदेखि लगातार परेको बर्सातका कारण त्रिभुवन राजपथको लामिडाँडामा आइतबार बिहान गएको पहिरो पन्छाएर हेटौंडा–काठमाडौंतर्फको यातायात सञ्चालनमा ल्याइएको छ ।
आइतबार बिहानैदेखि परेको अविरल वर्षाले बर्दियाको बारबर्दिया नगरपालिका-८ स्थित औरी, भगतपुर र दुद्याका ४३ घर डुबानमा परेका छन् । यस क्षेत्रमा जिल्लाको सबैभन्दा बढी पानी परेको बताइएको छ । डुबान क्षेत्रमा उद्धारका लागि प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू पुगेका छन् ।
अविरल वर्षासँगै बाढी पहिरोको कारण कोशी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको छ । ताप्लेजुङको मैवाखोलामा बाढी आइ मेरिङ्दिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवामगन बन्द भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्रि सडक खण्डमा पहिरो झरी अवरोध भएको छ ।