२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
मौद्रिक नीति २०८१/०८२

शिथिल अर्थतन्त्रलाई जीवन्त बनाउने मौद्रिक नीति : सिबिफिन

श्रावण १४, २०८१

नेपाल राष्ट्र बैंकको चालु मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समय सापेक्षरुपमा आएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले जनाएको छ । विगत केही वर्षयता शिथिल हुँदै आएका ...

लघुवित्त ऋणीको कर्जा पुनर्तालिकीकरण गरिने

परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकिङ क्षेत्रमा एआईको उपयोगलाई प्रोत्साहन गर्ने नीति

अन्तर्राष्ट्रिय प्रविधि बजार र विभिन्न देशका केन्द्रीय बैंकहरूले अवलम्बन गरेका कतिपय विषय समावेश गर्दै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति घोषणा गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउँदै लग्ने, विद्युतीय मुद्राको प्रारूप तयार पार्ने, केन्द्रीय ग्राहक पहिचान प्रणाली (केवाईसी) निर्माण गर्ने, राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउनेजस्ता योजना अघि सारिएका छन् ।

कठोर गभर्नरको लचिलो मौद्रिक नीति

कठोर नीतिका कारण समग्र अर्थतन्त्रमा शिथिलता ल्याएको आरोप खेप्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसपटक भने लचिलो र विस्तारकारी मौद्रिक नीति सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले विदेशी मुद्रा सटही, बैंकले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर, चालु पुँजी कर्जा मार्गदर्शन, घरजग्गा, सेयर कारोबार र बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धिसम्बन्धी व्यवस्थामा खुकुलो नीति लिएको छ । 

कृषि औजार उत्पादन, सूचना प्रविधि र पर्यटनलाई सस्तो कर्जा

कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्योगहरुले सस्तो कर्जा पाउने भएका छन् । यस वर्षको मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उल्लिखित क्षेत्रका लागि आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम जोड्न नपाउने गरी विद्यमान नीति पुनरावलोकन गरिने बताए ।

मौद्रिक नीतिले समर्थन पायो अब गतिसाथ काम गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूको शपथपछि सम्बोधन गर्दै उनले मौद्रिक नीतिमा समर्थन मिल्नु सकारात्मक भएको बताए ।

मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति आएको बताएका छन् ।

विद्युतीय भुक्तानी व्यवस्थित र प्रभावकारी बनाइने

सार्वजनिक र निजि दुवै क्षेत्रमा विद्युतीय माध्यमबाट हुने भुक्तानीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले पहल अघि बढाउने उल्लेख गरेको छ । सरकारी कार्यालयमा विद्युतीय भुक्तानी प्रविधि प्रभावकारी बनाइ राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गर्ने राष्ट्र बैंकको लक्ष्य छ ।

केन्द्रीय केवाईसी प्रणालीमा राष्ट्रिय परिचयपत्र आबद्ध गरिने

केन्द्रीय ग्राहक पहिचान प्रणाली (केवाईसी) निर्माण र कार्यान्वयनमा नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जनाएको छ । केन्द्रीय केवाईसीमा राष्ट्रिय परिचपयपत्र आबद्ध गर्ने चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा समावेश छ ।

चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन गरिने

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन गर्ने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन गर्ने जनाएको हो ।

वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाइने

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउने जनाएको छ । शुक्रबार बैंकले सार्जनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाइने उल्लेख गरिएको छ । 

सेयर कर्जामा संस्थागत २० करोडको सीमा खारेज

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान २० करोड रुपैयाँको सीमा खारेज गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले सेयर कर्जामा संस्थागत २० करोडको सीमा खारेज गरेको हो ।

वस्तु आयात गर्दा ५० हजार अमेरिकी डलरबराबरकाे सटही सुविधा

नेपाल राष्ट्र बैंकले वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधा बढाएको छ । अब वस्तु आयात गर्दा  ५० हजार अमेरिकी डलर सुविधा पाउने भएको हो । यसअघि ३५ हजार अमेरिकी डलर मात्रै उपलब्ध थियो ।

'डिजिटल मुद्रा' प्रयोगको प्रारुप तयार गरिने

अहिले चल्तीमा रहेका कागजी मुद्रा वा सिक्काको विकल्पका रूपमा विभिन्न देशका केन्द्रीय बैंकले परीक्षण गरिरहेको विद्युतीय मुद्रा प्रयोगमा ल्याउन नेपाल राष्ट्र बैंकले पनि थप पहल अघि बढाउने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सीबीडीसीको प्रारुप तयार गर्ने उल्लेख छ ।

चेक अनादर भएको आधारमा निर्माण व्यवसायीलाई कालोसूचीमा समावेश नगर्ने

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने घोषणा गरेको छ ।

सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाइने

नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनका लागि छुट्टै संयन्त्र बनाउन सरकारसँग समन्वय गर्ने भएको छ ।

ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई समयसीमा बढाइने

नेपाल राष्ट्र बैंकले परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई कर्जा तिर्नका लागि समयसीमा बढाउने भएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाईनिश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गर्ने बताएका हुन् । 

कर्जा समायोजनको समय थप,साना उद्योगको सीमा पुनरावलोकन हुने

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत कर्जा समायोजन गर्नपर्ने व्यवस्था साउन १ गतेबाट लागु हुनेगरी समयावधि थप गरेको छ ।

एउटा कम्पनी कालो सूचीमा परे अर्को कम्पनीलाई पनि सूचीमा राख्न अनिवार्य नहुने

राष्ट बैंकले अब संयुक्त लगानीका कम्पनीहरूमा एउटा फर्म वा कम्पनी कालो सूचीमा परेमा अर्को कम्पनीलाई पनि यस्तो सूचीमा राख्न अनिवार्य नहुने व्यवस्था गर्ने भएको छ। शुक्रबार मौद्रिक नीति जारी गर्दै  यसअघि संयुक्त लगानीको कम्पनी नै कालो सूचीमा पर्दा भने यसमा आबद्ध सबै कम्पनी यस्तो सूचीमा पर्ने व्यवस्था गरेको थियो।