कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

थ्री एक्स थ्री बास्केटबलको लिग चरण

भाद्र २२, २०८१
थ्री एक्स थ्री बास्केटबलको लिग चरण

काठमाडौँ — थ्री एक्स थ्री यू– २३ बास्केटबल प्रतियोगिताको पुरुष र महिलातर्फ शनिबार लिग चरणका खेल सकिएको छ । पुरुषतर्फ उत्कृष्ट ८ टोली क्वाटरफाइनलमा पुगेका छन् ।

महिलातर्फ चार टोली सेमिफाइनल पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुरुषतर्फ टाइम्स ए, हाउन्ड्स, टाइम्स बी, रिभोल्ट, बूढानीलकण्ठ, बास्केटबल क्लब, टिम बौद्ध, गोल्डेनगेट र टिम ध्वज क्वाटरफाइनलमा पुगेका छन् ।

महिलातर्फ हाउन्ड्स, रिभोल्ट ‘ए’ र ‘बी’ टिम तथा बूढानीलकण्ठ बास्केटबल टिम सेमिफाइनलमा पुगेका छन् । सबै खेल आइतबार हुनेछ ।

कर्पोरेटतर्फ अम्रपाली र बीएस धौलागिरिले सेमिफाइनलमा स्थान बनाएका छन् । कर्पोरेटतर्फ लिगको बाँकी खेलसहित नकआउट चरणको खेल आइतबारै हुनेछ ।


प्रकाशित : भाद्र २२, २०८१ २०:५६
×