कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

उल्भ्समाथि न्युकासलको पुनरागमन जित

भाद्र ३१, २०८१
उल्भ्समाथि न्युकासलको पुनरागमन जित

काठमाडौँ — हार्भे बर्नसले खेलको ८०औं मिनेटमा गरेको उत्कृष्ट गोलमा न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार राति उल्भ्सलाई २–१ ले हराएको छ । एक गोलले पछाडि रहेको स्थितिमा न्युकासलले यो जित निकालेको हो ।

यससँगै लिगमा न्युकासलको अपराजित यात्रा कायम रह्यो । मारियो लेमिनको गोलले उल्भ्सले आफ्नो घरेलु मैदानमा अग्रता लिएको थियो । फाबिन स्चरले ७५ औं मिनेटमा बराबरी गोल फर्काए ।

यो जितपछि न्युकासल १० अंकमा तेस्रो स्थानमा उक्लेको छ । उल्भ्स भने एकै अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा रह्यो । नयाँ सिजन उल्भ्स लिगमा जित निकाल्न असफल रहेको छ ।

प्रकाशित : भाद्र ३१, २०८१ ०५:१७
x
×