विश्वकप फुटबल २०२२

मार्टिनेजको ‘माइन्ड गेम’

अर्जेन्टिना र फ्रान्सबीच आइतबारको विश्वकप फाइनलअगाडि सबैले लियोनल मेसी र केलियन एमबाप्पेबारे मात्र कुरा गरिरहेका थिए । तर खेलपछि एक अर्को नाम थपिएको छ । त्यो हो, इमिलियानो मार्टिनेज । रोमाञ्चक, उतारचढावपूर्ण र भावनात्मक १ सय २० मिनेटको खेलपछि पनि स्थिति ३–३ कै बराबरीमा थियो । यस्तोमा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको निर्णयका लागि आवश्यक थियो टाइब्रकेर ।

पुस ४, २०७९

४–३–३ शैलीमा उत्कृष्ट ११

फ्रान्सेली समाचार संस्था एएफपीले आफ्ना समाचारदाताहरुको सहयोगमा विश्वकप २०२२ को उत्कृष्ट ११ खेलाडी छानेर टिम बनाएको छ । यसका लागि ४–३–३ को शैली अपनाइएको छ । टिम यस प्रकार छ :

तस्बिरमा विश्वकप फाइनल २०२२

नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

अर्जेन्टिना विश्वविजेता

कतारमा आइतबार बिहानैदेखि माहोल अर्जेन्टिनाको पक्षमा थियो । मेट्रो, सपिङ मल, फ्यान जोनलगायत सार्वजनिक स्थलमा नीलो र सेतो धर्के जर्सी लगाउनेहरू आफ्नै भाषामा गीत गाउँदै उफ्रिरहेका थिए । धेरैले लियोनल मेसीको जर्सी लगाएका थिए । जर्सी नं. १० बजारमा पाउनै छाडेको थियो । विश्वकप २०२२ फाइनलका लागि चार घण्टाअघि नै लुसेल रंगशाला जाँदा मेट्रोमा उभिने ठाउँ पाउन पनि मुस्किल थियो । निजी कार, ट्याक्सीलगायत सवारीसाधनको ट्राफिक थेगिनसक्नु थियो ।

पुस ३, २०७९

पहिलो हाफमा अर्जेन्टिना २ गोलले अगाडि

अर्जेन्टिनाले विश्वकप २०२२ को फाइनलको मध्यान्तर हुँदा २–० को अग्रता लिएको छ । उसले विश्वकप उपाधि सम्भावना बलियो बनाएको छ । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले पेनाल्टीबाट पहिलो गोल गरे ।

अन्डरडग्समै खुसी अर्जेन्टिना

डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग आइतबार विश्वकपको फाइनल खेल्ने तयारी गरिरहँदा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज आफ्नो टोली ‘अन्डरडग्स’ भएकोमै खुसी छन् । लुसेल रंगशालामा हुने फाइनलमा उत्रँदा अर्जेन्टिनासँग गत वर्षको कोपा अमेरिकाको सफलता अनुभव र लियोनेल मेसीको उत्कृष्ट लय हुने मार्टिनेज बताउँछन् ।

क्रोएसियालाई ‘नचाहेको’ तेस्रो स्थान

मिस्लाभ ओर्सिचले कर्लिङ प्रहारमा विजयी गोल गरेपछि क्रोएसियाले शनिबार मोरक्कोलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । कतारमा एक स्टारमध्ये जस्को गभार्डिओलले दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसियालाई सातौं मिनेटमै अग्रता दिलाए ।

मेसीलाई अन्तिम अवसर

कतारमा पहिलोपल्ट विश्वकप सुरु हुने बेला दुई खेलाडी खुबै चर्चामा थिए– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलले पाएका सर्वकालीन महान् खेलाडीमध्येका यी दुई विश्वकप जित्ने अन्तिम प्रयासमा थिए । पोर्चुगलको हारसँगै रोनाल्डोको सम्भावना क्वाटरफाइनलमै सकियो ।

पुस २, २०७९

फ्रान्सेली विश्वकप टोलीभित्र ‘रहस्यमय भाइरस’

अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल रंगशालामा हुने फाइनलको दुई दिनअघि प्रशिक्षण गुमाएका हुन् ।

विश्वकपमा एक्लै छाएकाहरू

कतार विश्वकप २०२२ को आइतबार हुने फाइनलमा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दै छ । यो हुनेछ लियोनल मेसीविरुद्ध केलियन एमबाप्पेबीचको खेल । के यो विश्वकप मेसीको विश्वकपका रूपमा सम्झिने छ वा एमबाप्पेले फेरि चार वर्षअगाडि रुसमा हात पारेको सफलता दोहोर्‍याउने छन् ? यसै पृष्ठभूमिमा विश्वकप इतिहास पल्टाउने हो भने त्यस्ता ६ खेलाडीको सूची बनाउन सकिन्छ । जसले सिंगो प्रतियोगितामै आफ्नो एक्लो छाप छोड्न सफल भएका छन् । एएफपीले तयार पारेको सामग्री :