आदिमानव खुला आकाशमुनि, सघन वन र अँध्यारो गुफामा बस्थे । जंगली जनावरको त्राससँगै वर्षा, गर्मी, जाडोको समस्या थियो । मानव विकासको थालनी प्रकृतिको संगतमै भएको थियो । आदिमानवको पहिलो मित्र प्रकृति नै थियो ।
वर्षभरि फोहोर एवं दुर्गन्धित रहने नदीनाला, खोला, नहर र पोखरीलाई सूर्य उपासनाको महापर्व छठको आराधनाका लागि यतिखेर सफा गरिएको छ । ढल र उद्योगको रसायनयुक्त पानी प्राकृतिक जलाशयमा जानबाट रोकिएको छ । परम्परागत एवं आधुनिक साजसज्जाले जलाशय किनार चिटिक्क पारिएको छ ।
तीन दिन भयो म जाजरकोट पुगेको । उद्देश्य थियो— भूकम्पमा घाइते भएकाहरूको उपचार गर्नु, हड्डी जोड्नु र घाउ सिलाउनु । तर यहाँ मानिसहरूका मनका घाउ देखेर म स्तब्ध छु । धेरै नेपालीहरूलाई, खास गरी नेताहरूलाई, भूकम्प गएर समाचार बनेपछि बल्ल जाजरकोटको याद आयो । यसअगाडि स्वाइनफ्लु र झाडापखालाको प्रकोपका बेला उनीहरूले जाजरकोट सम्झेका थिए । तर यहाँका मानिसहरू युगौंदेखि निरन्तर घाउ बोकेर बाँचिरहेका छन् । भूकम्पले त्यो घाउमा अर्को प्रहार गरेको छ र नुनचुक छर्केको छ ।
भूकम्पको झट्कापछि जाजरकोट र रुकुम पश्चिमका दृश्यहरू हृदयविदारक छन् । आम सञ्चारमाध्यम र सामाजिक सञ्जालका दृश्यले त हामीलाई यति धेरै भावविह्वल बनाएका छन् भने भूकम्पको एपिसेन्टर र यसको आसपासको जीवन भोग्नेलाई कति कठिनाइ भइरहेको होला ! तर दुर्भाग्य, यस्तो पीडा हामी नेपालीका लागि नियमित आकस्मिकताजस्तै भइसकेको छ ।
नेपालको निजामती सेवामा आरक्षण लागू भएदेखि पक्ष र विपक्षमा बहस हुँदै आएको छ । पक्षमा रहेका समुदायहरू (आदिवासी जनजाति, महिला, मधेशी, दलित, अपागंता भएका व्यक्ति र पिछडिएको क्षेत्र) को तर्क हुन्छ, ‘हामीलाई राज्यले लामो समयसम्म विभिन्न विभेदकारी कानुन बनाएर राज्यको संरचनमा पुग्नबाट वञ्चित गरेको थियो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प तथा अनेक परकम्पको धक्काले ठूलो धनजनको क्षति भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित सामाजिक एवं राजनीतिक क्षेत्रका हरेक पक्ष आ–आफ्नो दायित्व ठानेर भूकम्पबाट प्रभावित जिल्लामा खोज, उद्धार र राहतसम्बन्धी काममा जुटेका छन् ।
विश्व जनसंख्या ८ अर्ब नाघेको छ । विश्व भोकमरी सूचक प्रतिवेदन–२०२२ अनुसार, ८२ करोड ८० लाख मानिस भोकमरीको चपेटामा छन् । हरेक वर्ष ९० लाख मानिस भोकमरीका कारण मृत्युशय्यामा पुग्छन् । नेपाल विश्व भोकमरी सूचीमा १२१ देशमध्ये ८१ औं स्थानमा छ ।
एक सय १३ वर्षअघि स्थापना भएको कपिलवस्तुको जामिया सिराजुल उलुम अलसल्फिया मदरसा मदितुल मदरसालाई कृष्णनगर नगरपालिकाले कक्षा १० सम्म सामुदायिक धार्मिक विद्यालयको स्वीकृति दिएको छ । २०७६ सालमा मावि तहको अनुमति पाएको विद्यालयमा १,१५५ विद्यार्थी छन् ।
केन्द्रीकृत शासन प्रणालीलाई देश विकासको प्रमुख अवरोधका रूपमा लिँदै संघीय शासन प्रणालीको संस्थागत कार्यान्वयन भएको आठ वर्ष पुगिसकेको छ । शिक्षाको अधिकार विकेन्द्रीकरणका अभ्यासहरू यो वा त्यो रूपमा भइरहेका भए पनि नेपालको संविधानले विद्यालय शिक्षाको अधिकारलाई स्थानीय सरकारको एकल अधिकारका रूपमा व्यवस्था गरेको छ ।
नेपालगन्जको धम्बोझी चोकमा दिनदहाडै खुँडाले हानेर मान्छे मार्ने रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरिदिने सरकारी निर्णयलाई बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उल्ट्याइदिएको छ ।