१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

महाप्रसाद अधिकारी

महाप्रसाद अधिकारीका लेखहरु :

अबको कर्तव्य: वाहृय क्षेत्र बचाउनु

अन्तर्राष्ट्रिय स्तरमा केही बैंकमा देखिएको समस्या नेपालमा पनि आउन सक्छ भन्ने हल्ला सुनिन्छ । कतिपयले हाम्रो मुलुकको अर्थतन्त्र श्रीलंकाजस्तो हुँदैछ, भनेको पनि सुनिन्छ । ती हल्ला निराधार हुन् । नेपालको बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकले निरन्तर अनुगमन गरिरहेको छ । यहाँको वित्तीय प्रणाली अत्यन्तै सुरक्षित छ ।

ब्याजदर घट्दाे अवस्थामा 

सबै हिसाबले लुम्बिनी प्रदेश उच्च सामर्थ्य भएको क्षेत्र हो । जनसांख्यिक, भौगोलिक, यातायात पूर्वाधार, उद्योग, कृषि, सिँचाइ, हवाईमार्ग सबै हिसाबले यो प्रदेशको सामर्थ्य धेरै छ । मात्र सामर्थ्यलाई समृद्धिमा बदल्न सकिएको छैन । यसका लागि सबै तहका सरकार, निजी क्षेत्रलगायत सबै सरोकारवालाको प्रभावकारी समन्वय आवश्यक छ । 

‘रेमिट्यान्स दुरुपयोग भएको छैन’

निषेधाज्ञा भएका बेलामा धेरै र सामान्य अवस्थामा कम रेमिट्यान्स औपचारिक प्रणालीमार्फत आएको देखिएको छ । यसले कतै अनौपचारिक कारोबार बढेको हो कि भन्ने प्रश्न उठेको छ । तथ्यांकले पनि त्यस्तै देखाउँछ । २०७७ वैशाखमा मासिक रूपमा हालसम्मकै उच्च १ खर्ब २ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो । गत भदौमा ७९ अर्ब आएको छ । चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक हेर्दा औसतमा प्रतिमहिना ७८ अर्ब रुपैयाँ रेमिट्यान्स औपचारिक प्रणालीबाट आएको देखिन्छ ।

ज्ञान र सीपको सदुपयोगमा पैसै पैसा

राष्ट्र बैंकले भर्खरै २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट प्रताडित अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ ? कसरी पुनरुत्थान गर्न सकिन्छ ? भन्ने कुरालाई दिमागमा राखेर नीति ल्याएका छौं । त्यसभित्र पनि साना, घरेलु उद्यमलाई कसरी प्रोत्साहन गर्न सकिन्छ ? अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ ? भन्ने सोचका साथ ठूलो र लामो छलफलपछि ल्याएका छौं ।