कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिका–२, दोभान सिसखोलामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको शनिबार अपरान्ह मृत्यु भएको छ ।

पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४६ वर्षीय देव बहादुर बलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय र वडाध्यक्ष लगायतको रोहबरमा दुर्घटनाको मुचुल्का गरिएको पूर्ववडाध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । मोटरसाइकल न्युट्रल अवस्था ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले टाउकोमा किचेको प्रहरीले जनाएको छ ।

दोभान प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।


प्रकाशित : वैशाख १५, २०८१ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?