२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

माधव अर्याल

पाल्पा — सुशासन, पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले मोबाइल एप्सबाट सेवा प्रदान सुरु गरेको छ । गाउँपालिकाले प्रदान गर्ने सबै सेवा सुविधाहरुलाई अनलाइनमार्फत सेवाग्राहीले घर–घरमै पाउन मोबाइल एप्स सुरु गरेको अध्यक्ष रुक्मांगत भट्टराईले जानकारी दिए ।

रैनादेवीछहरा गाउँपालिकामा मोबाइल एप्सबाटै सेवा

एप्लिकेशनबाट गाउँपालिकाका साथै वडाका सम्पूर्ण सूचना, जानकारी प्राप्त गर्न सक्ने उनले बताए ।

अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरूलाई प्रत्यक्ष रूपमा सुझाव र गुनासो राख्न सक्ने व्यवस्था एप्समा गरिएको छ । आपतकालीन सेवा, प्रहरी, एम्बुलेन्स सम्बन्धी जानकारी तथा सम्पर्क नम्वरहरु राखिएको छ ।

एप्समा गाउँपालिकाले निर्माण गरेका कानुनका साथै प्रकाशन गरिएका प्रतिवेदनहरू हेर्न सकिने उपाध्यक्ष युवराज थापाले बताए । एप्समा गाउँपालिकाको नागरिक वडापत्र तथा सेवाहरूको विवरण प्राप्त गर्न सकिने छ । विद्यालय तथा स्वास्थ्य चौकीहरू सम्बन्धी जानकारी राखिएको छ भने एप्सलाई आगामी दिनमा पालिकाबाट प्रदान गरिने सेवालाई सूचना प्रविधि मैत्री बनाईने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने एप्लिकेशनमा आएका सुझाव गुनासाहरुलाई तत्काल कार्यान्वयनको व्यवस्था मिलाइने उनले बताए । पालिका भित्रका सबै नागरिकको हातहातमा एप्सलाई पुर्‍याउने तथा सूचना र गतिविधि पुग्ने गरी डिजाइन गरिएको सूचना अधिकारी नारायण मल्लले जानकारी दिए ।

प्रकाशित : वैशाख २६, २०८१ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?