कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नागरिकता  सिफारिस सेवा अनलाइनबाट

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको बर्दघाट र सुनवल नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत् सिफारिस सेवा सुरु गरेको छ ।

नागरिकता  सिफारिस सेवा अनलाइनबाट

वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइन मार्फत सिफारिस हुने छ । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआइएमएस) को माध्यमबाट अनलाइन सिफारिस सुरु भएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवाप्रवाहमा छरितो र प्रविधीमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य अन्त्य हुने विश्वास लिइएको छ ।

विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताए । तत्काललाई नयाा नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सुचारु भएपनि आगामी दिनमा राष्ट्रिय परिचय पत्र तथा अन्य परिचयपत्र निर्माणमा पनि अनलाइन सेवा सुरु गर्ने तयारी छ ।

यो सेवा अहिले कैलाली, पुर्वी नवलपरासी र पश्चिम नवलपरासीका केही स्थानीय तहमा लागु गरिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×