कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

हरि रोकाको ‘वैकल्पिक अर्थतन्त्र’

भाद्र २३, २०८१
हरि रोकाको ‘वैकल्पिक अर्थतन्त्र’

काठमाडौँ — अर्थशास्त्री हरि रोकाले ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक बजारमा ल्याएका छन् । पुस्तकको काठमाडौंको प्रज्ञा प्रतिष्ठानस्थित डबलीमा काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राडा. अच्युत वाग्ले, योजना आयोग सदस्य गीता पौड्याल अधिकारी, नेता घनश्याम भुसाल, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विमोचन गरे ।

रोकाले राजनीतिक व्यवस्था परिवर्तन भएपछि अर्थतन्त्रको अवस्था परिवर्तन हुन्छ र मुलुक विकासतर्फ अघि बढ्छ भनिए पनि कार्यान्वयनमा ती कुरा लागू नभएको टिप्पणी गरे । ‘सबै कुरा बहुदल आएपछि सबै ठीक हुन्छ भनियो । बहुदल आएपछि अर्थतन्त्रको व्यवस्थापन गर्ने अधिकार थोरै मान्छेको हातमा गयो,’ उनले भने ।

संविधानमा नै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भन्ने व्यवस्था रहेकोमा त्यसको कार्यान्वयनको अवस्था कस्तो छ भनी सोधिएको प्रश्नमा एसका महासचिव घनश्याम भुसालले समाजवादको भाष्य नै बिगारिएको बताए । सरकारले संकल्प गरेमा ५ वर्षमा नेपाल कृषि उपजमा आत्मनिर्भर हुन सक्ने भुसालको भनाइ थियो ।

योजना आयोगकी सदस्य अधिकारीले केन्द्रमा योजना बन्ने गरेपनि स्थानीयस्तरमा कार्यान्वयन नभएको बताइन् । अर्थविद् एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राडा. वाग्लेले अर्थतन्त्रको ज्ञान नभएका व्यक्तिहरूले अर्थतन्त्रको व्यवस्थापन गर्दा समस्या आएको बताए ।

जनताबाट निर्वाचित हुनु नै दक्षिता हो भन्ने धारणाले अर्थतन्त्रको विकासमा बल नदिने उनको भनाइ थियो । पुस्तकमा १२ वटा शीर्षकमा अर्थ राजनीतिक निबन्ध समेटिएका छन् ।

प्रकाशित : भाद्र २३, २०८१ ०६:१२
×