इंग्ल्यान्डको कोलबर्न टाउन काउन्सिलर जगन्नाथ शर्मा पुनः मेयरमा निर्वाचित भएका छन् । मे ५ मा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरूको सोमबार सम्पन्न पहिलो बैठकले शर्मालाई सर्वसम्मत मेयर निर्वाचित गरेको हो । कोलबर्न टाउनमा ११ जना काउन्सिलर छन् ।
पछिल्लो समय विभिन्न समस्याबाट गुज्रिरहेको श्रीलंकामा आर्थिक संकट झन् गहिरिएको छ । श्रीलंकाले हाल स्वतन्त्रतायताकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । नवनियुक्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा एक दिनका लागि पेट्रोलियम पदार्थ बाँकी रहेको जनाएका छन् ।
रोजगारीको खोजीमा पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली आएका एक नेपाली मृत भेटिएका छन् । झापाको दमक–४ का २६ वर्षीय श्रीजन संग्रौलाले नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन् । संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन् ।
श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । श्रीलंकाको धराशायी अर्थतन्त्रलाई उकास्नका लागि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ ।
चीनले स्थल नाका प्रयोग गरेर नेपाल भ्रमणमा नजान आफ्नो देशका नागरिकहरूलाई सचेत गराएको छ। कोरोना महामारीयता नेपाल-चीन व्यापारिक नाकाहरू आंशिक मात्रै खुलिरहेका बेला पर्यटकीय प्रयोजनका लागि स्थलमार्ग प्रयोग नगर्न चीनले सचेत गराएको हो।
उत्तर कोरियाले पहिलो पटक मुलुकमा कोरोना भाइरसको महामारीको पुष्टि गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमका अनुसार नेता किम जोङ उनले छिट्टै नै भाइरसलाई उन्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इजरायल–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औं वर्षका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमको सुरुआतमा जब कुटुम्ब ब्यान्डले नेपालको राष्ट्रिय गानको धुन बजाउन थाल्यो, नेपालका लागि इजरायली राजदूत हनान गोडरका ओठ चलिहाले । राजदूत गोडर नेपालको राष्ट्रिय गान बज्ने हरेक कार्यक्रममा ओठ हल्लाएर गाउने गर्छन् । उनले नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी’ लाई हिब्रु भाषामा अनुवादसमेत गरेका छन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का अध्यक्ष नवाज सरिफलाई भेट्न बेलायतको लन्डन पुगेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ सजाय भुक्तान गरिरहेका सरिफ भने उपचारका लागि लण्डन गएर अदालतको आदेशविपरीत लण्डनमै रहँदै आएका छन् ।
अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजको कब्जामा रहेको वेस्ट बैंकमा गोली हानी हत्या गरिएको छ । अलजजिराका अनुसार ५१ वर्षीया पत्रकार अकलेह त्यहाँ रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार संकलनको क्रममा थिइन् ।
आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो ।
फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनान्ड मार्कोस जुनियर निर्वाचित भएका छन् । उनी पूर्वराष्ट्रपति तथा तानाशाही फर्डिनान्ड मार्कोसका छोरा हुन् । ६४ वर्षीय मार्कोस पूर्वसिनेटरसमेत हुन् ।