नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताएका छन् । बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् ।
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको पनि उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने कुरा दोहोऱ्याएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वसुलभ रुपमा उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने बताएका हुन् ।
विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । पछिल्ला दिनमा बेलायतलगायत युरोपेली मुलुकमा तीव्र रुपमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिइरहेकाले पनि संक्रमितको संख्या बढिरहेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।