अमेरिकाले इरानले हर्मुज जलमार्गमा साइप्रसको झन्डा बोकेको एउटा कन्टेनर जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ।
काठमाडौँ — इरानले बहराइन, कुवेत, जोर्डन र कतारमा आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि इरानी क्षेप्यास्त्र र ड्रोनको खतरा निष्क्रिय पारिएको जनाएको छ।
यी आक्रमणहरू अमेरिकाले यसै साता इरानमाथि तेस्रो चरणको आक्रमण गरेको घोषणा गरेपछि भएका हुन्। अमेरिकाले इरानले हर्मुज जलमार्गमा साइप्रसको झन्डा बोकेको एउटा कन्टेनर जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर-ए देयर, जास्क र असालुयेहका बन्दरगाह सहरहरूमा विस्फोटको आवाज सुनिएको छ।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्गलाई अस्थायी रूपमा बन्द गरिएको घोषणा गर्दै आफूले 'अनुमति नदिइएको मार्ग' हुँदै आवतजावत गर्न खोजेको एउटा जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरेको जनाएको थियो।
इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले अमेरिकी र इजरायली सेनाबाट आफ्ना पिता अली खामेनीको हत्या गरिएको भन्दै त्यसको बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘बदला लिनु हाम्रो राष्ट्रको अटल संकल्प हो।’
