कोलम्बियाले विश्वकप २०२६ मा बुधबार नकआउट चरणको यात्रा तय गरेको छ र यसका लागि उसले समूह ‘के’ मा डीआर कंगोलाई १–० ले हरायो । स्टाडियो ग्वाडालाजारामा भएको खेलको एक मात्र गोल ड्यानिएल मुनोजले गरे ।
कोलम्बियाले खेलको ७६ औं मिनेटमा अग्रता लिएको छ । ड्यानिएल मुनोजले कंगाको पेनाल्टी एरियामा पाएको बललाई गोलमा परिणत गरेका हुन् । यससँगै खेलमा कोलम्बिया १–० ले अगाडि रह्यो ।
(08:37 AM)
पहिलो हाफ सकिँदा कोलम्बिया र डीआर कंगोबीच गोलरहित बराबरी
कोलम्बिया र डीआर कंगोबीच चलिरहेको खेलको पहिलो हाफ समाप्त हुँदा गोलरहित बराबरीको स्थिति रहेको छ । खेल आफैमा रोमाञ्चक रहेका छ । तर दुवै टिमले निर्णायक सावित हुने आक्रमण बुन्न सकेका छैनन् ।