युरोपेली फुटबल आइतबार ठूलै संकटमा फस्यो, युरोपेली सुपर लिग (ईएसएल) को योजना अगाडि आएपछि । इंग्ल्यान्डका ६ क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल, आर्सनल, चेल्सी र टोटेनहम यस विद्रोही लिगसँग आबद्ध भएका छन् । यसमा इटाली र स्पेनका तीन–तीन क्लब पनि जोडिनेछन् ।
कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाका सहरहरूमा विद्यालय तथा भीडभाड हुने गतिविधि वैशाख महिनाभरि बन्द गर्ने निर्णय गरेपछि खेलकुदमा त्यसको सिधा असर देखिने भएको छ ।
वाग्मती युवा क्लब सर्लाहीविरुद्ध अतिरिक्त समयमा २–१ को कठिन जित निकाल्दै नेपाल एपीएफ फुटबल क्लब एघारौं जितपुर सिमरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
माथागढी–४, झडेवा (नीलो) आनन्दनगर स्पोर्ट्स क्लबले माथागढी कप महिला तथा पुरुष भलिबल प्रतियोगिता जितेको छ । फाइनलमा पुरुष र महिलातर्फ दुवैतर्फको उपाधि झडेवा (नीलो) को पोल्टामा पुगेको हो ।
डिएगो लोरेन्टले खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुल इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिभरपुलको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।
इंग्लिस प्रिमियर लिग क्लब टोटनहमले सोमबार आफ्ना व्यवस्थापक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ । क्लब सम्हालेको १७ महिनापछि पोर्चुगाली व्यवस्थापक बर्खास्तीमा परेका हुन् ।
त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।
नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको मलेसियासँगको खेल जित्न १ सय १० रनको मध्यम चुनौती पाएको छ । टस हारेपछि ब्याटिङमा आएको मलेसिया १६.५ ओभरमै अलआउट भयो ।
रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिगमा लगातार तेस्रो खेल जितेको छ । उसले जितको ह्याट्रिकका लागि आइतबार कोलकाता नाइट राइडर्सलाई ३८ रनले हरायो ।
ओपनर म्याक्स ओ’डोडले कीर्तिमानी ब्याटिङ गरेपछि त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला क्रिकेटमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको छ । नेपालसँग ९ विकेटले पराजित भएको भोलिपल्ट मलेसियामाथि नेदरल्यान्ड्सको प्रदर्शन निकै आक्रामक थियो ।
इन्टर मिलान आइतबार इटालीको सिरी ए मा नेपोलीको हातबाट १–१ को बराबरीमा रोकिएको छ । यससँगै पछिल्ला १२ खेलयता इन्टर पहिलो पल्ट स्पष्ट जित निकाल्न असफल रह्यो ।